किमाथांका नाका सञ्चालन गर्छौं : मन्त्री साउद
काठमाडौँ । परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदले संखुवासभा जिल्लाको उत्तरी सीमानाका किमाथांका सुचारु गर्ने विषयलाई उच्च प्राथमिकता दिने प्रतिबद्धता जनाएका छन् ।
आइतबार मन्त्रालयमा संखुवासभा जिल्लाका प्रतिनिधि र कोशी प्रदेशका सांसदहरुले संयुक्त रुपमा किमाथांका नाका खोल्न चीन सरकारस्ँग पहल गरिदिन बुझाएको ध्यानाकर्षण पत्र ग्रहण गर्दै मन्त्री साउदले किमथांका नाका सञ्चालन गर्नेकुरा आफ्नो पहिलो प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता जनाएका हुन् ।
उनले किमाथांका नाका ऐतिहासिक नाका भएको र पूर्वको व्यापार व्यवसायलाई प्रत्यक्ष फाइदा पुग्ने नाका भएकाले नाका खोल्नेकुरा पहिलो प्राथमिकतामा राख्ने बताए । उनले नेपाल र चीनबीचको सम्बन्धलाई बढाउन र व्यापार व्यवसाय पनि बिस्तार गर्नका लागि किमथांका नाका सहज र छोटो दुरीको माध्यम बन्ने बताए । उनले चीन सरकारसँग नाका खोल्नका लागि आवश्यक पहल गर्ने बताए ।
जिल्लाका प्रतिनिधिहरुले नेपालका लागि व्यवसायिक हिसाबमा चीनसँगको नाकाहरु महत्त्वपूर्ण भएकाले सबै नाकाहरु खुलाउन समेत पहल गर्न आग्रह गरेका छन् । पहिचानमा रहेका थोरै सीमानाकाहरु मध्ये संखुवासभा जिल्लास्थित उत्तरको नाका किमाथांकालाई खुलाउन विशेष जोड गर्न आग्रह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेनजी आन्दोलनमा जलेको भन्दै गण्डकीले खर्च गरेको साढे ४ अर्बको लेखा परीक्षण भएन
-
बाढी र पहिरोले देशका मुख्य राजमार्गहरू अवरुद्ध : कहाँ-कहाँ रोकिए सवारी साधन?
-
युवतीलाई बिजुलीको पोलमा बाँधेर कालो मोसो दल्ने चार जना पक्राउ
-
कीर्तिमान भङ्ग गर्ने दाउमा २१ वर्षे युवा सनसनी गुलेर
-
रास्वपा कर्णाली प्रदेशको अधिवेशन सुरु हुँदै, सभापतिका आकाङ्क्षी चार जना
-
एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, सर्कुलरसहित तोकियो नेताहरूको जिम्मेवारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण