कर्णाली प्रदेशसभामा कार्य व्यवस्था परामर्श समिति गठन
आइतबार, १० वैशाख २०८०, १६ : २०
सुर्खेत । कर्णाली प्रदेशसभा संसदको कार्य व्यवस्था परामर्श समिति गठन भएको छ । प्रदेशसभा सञ्चालन भएको तीन महिनापछि उक्त समिति गठन भएको हो । आइतबार प्रदेशसभाको १३ औँ बैठकमा सभामुख नन्दा गुरुङले समिति गठन भएको जानकारी गराएकी थिइन् ।
सभामुखको नेतृत्वमा हुने समितिको सदस्यमा सांसद नेकपा एमालेबाट टेकराज पछाई, एकीकृत समाजवादीबाट कल्यानी खड्का, स्वतन्त्र सांसद देवेन्द्रबहादुर शाही, माओवादीबाट रणसिंह परियार र राप्रपाबाट सन्तोषी शाही चयन भएका छन् । यस्तै नेपाली कांग्रेसबाट हिक्मतबहादुर विष्ट चयन भएका छन् ।
प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दलका सदस्यहरु समितिमा रहने व्यवस्था छ । यो समितिले प्रदेश सभाको बैठकको कार्यसूची निर्धारण गर्नुका साथै बैठकलाई सुव्यवस्थित तरिकाले सञ्चालन गर्ने सम्बन्धमका परामर्श दिन सक्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरेलु मैदानमा मेक्सिकोको सानदार प्रदर्शन, पहिलो हाफमै इक्वेडरविरुद्ध २–० को अग्रता
-
साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुने
-
यस्तो छ आजका लागि तोकिएको कृषिउपजको थोक मूल्य (सूचीसहित)
-
म्याग्दीलाई पूर्णखोपयुक्त घोषणा
-
घट्यो गीतसङ्गीत निर्माण, चुनौती बन्यो एआई
-
ट्रम्पले गत वर्ष क्रिप्टोकरेन्सीबाट मात्रै कमाए १ अर्ब डलरभन्दा बढी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण