‘खल्ती’ एपका कर्मचारीविरुद्ध मुद्दा नचल्ने निर्णय
काठमाडौँ । डिजीजल वालेट ‘खल्ती’ का दुईजना कर्मचारीविरुद्ध मुद्दा नचलाउने निर्णय भएको छ । सेवाग्राहीको खाताबाट रकम चोरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरोले खल्तीका कर्मचारीलाई पक्राउ गरेको थियो । रामेछाप घर भएका अनिल कार्की र कैलाली घर भएका सन्देश स्वाँर विरुद्धको ठगी मुद्दामा सरकारी वकिल कार्यालय काठमाडौँले ‘मुद्दा नचल्ने’ निर्णय गरेको हो ।
उनीहरुले सेवाग्राहीको खाताबाट ७० लाख रकम चोरी गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । सेवाग्राहीको पैसा फिर्ता गरेपछि आरोपीहरुविरुद्ध सरकारी वकिल कार्यालयले मुद्दा नचल्ने निर्णय गरेको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता (एसपी) सन्जय सिंह थापाले रातोपाटीलाई बताए । थापाले भने– ‘मुलुकी फौजदारी कार्यविधि संहिता–०७४ को दफा (१७ ) अनुसार मिलापत्र भएको छ ।’ २०७९ चैत पहिलो साता ब्यूरोले उनिहरुलाई पक्राउ गरेर अनुसन्धान गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ कांग्रेस संस्थापनले इतर समूहलाई पठाएको ७ बुँदे प्रस्ताव
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण