बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

‘खल्ती’ एपका दुईजना कर्मचारी पक्राउ

बिहीबार, ०९ चैत २०७९, १६ : ३६
बिहीबार, ०९ चैत २०७९

काठमाडौँ । डिजिटल वालेट ‘खल्ती’ का दुईजना कर्मचारीलाई केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ । सेवाग्राहीको खाताबाट रकम चोरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरोका एसएसपी दिनेश आचार्यले रातोपाटीलाई बताए ।

पक्राउ पर्नेमा रामेछाप घर भएका अनिल कार्की र कैलाली घर भएका सन्देश स्वाँर छन् । उनीहरुले ७० लाख रकम चोरी गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । ‘सेवाग्राहीको खातामा होल्ड भएको रकम आरोपीहरुले निकालेको देखिन्छ’ एसएसपी आचार्यले भने–‘उनीहरुविरुद्ध ठगी मुद्दामा अनुसन्धान भइरहेको छ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप