लिड्स र लेस्टरले अंक बाँडे, एस्टन भिल्ला बिजयी
लण्डन । लिड्स युनाइटेड र लेस्टर सिटीले बराबरी खेल खेलेका छन् । इंगलिस प्रिमियम लिगको जारी खेलमा लिडस र लेस्टर सिटीले १–१ को बराबरी खेल खेलेर अंक बाँडेका हुन् ।
लिड्सका लुइस सिनिसटेराले सुरूवाती गाेल गरेर १–० काे अगता दिलाएका थिए तर लेस्टरका जेमी भार्डीले गोल फर्काए पछि खेल बराबरीमा टुंगिन पुग्याे । यस बराबरीसँगै १६औं स्थानमा रहेको लिड्सको ३३ खेलबाट ३० अंक बटुलेको छ भने समान खेलबाटै २९ अंक जोडेको लेस्टर १७औं स्थानमा छ ।
उता एस्टन भिल्लाले फुलहमलाई १–० ले पराजित गरेको छ । इंग्लिस प्रिमियर लिगको जारी खेलमा भिल्लाले फुलहमलाई १–० ले पराजित गरेको हो ।
पहिलो हाफको २१औं मिनेटमा भिल्लाका टेरोन मिङ्सले गरेको गोल नै निर्णायक बन्न पुग्यो । अन्ततः दुवै पक्षवाट कुनै गोल हुन नसक्दा खेल १–० को अवस्थामा टुंगियो । यस जितसँगै भिल्ला ३३ खेलबाट ५४ अंक जोडेर पाँचौं स्थानमा उक्लिएको छ भने पराजित फुलहम ३२ खेलबाट ४५ अंक जोडेर नवौं स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
-
तीन मौसमी वायुको असर : आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण