आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

लिड्स र लेस्टरले अंक बाँडे, एस्टन भिल्ला बिजयी

बुधबार, १३ वैशाख २०८०, ०८ : ५५
बुधबार, १३ वैशाख २०८०

लण्डन । लिड्स युनाइटेड र लेस्टर सिटीले बराबरी खेल खेलेका छन् । इंगलिस प्रिमियम लिगको जारी खेलमा लिडस र लेस्टर सिटीले १–१ को बराबरी खेल खेलेर अंक बाँडेका हुन् । 

लिड्सका लुइस सिनिसटेराले सुरूवाती गाेल गरेर १–० काे अगता दिलाएका थिए तर लेस्टरका जेमी भार्डीले गोल फर्काए पछि खेल बराबरीमा टुंगिन पुग्याे ।  यस बराबरीसँगै १६औं स्थानमा रहेको लिड्सको ३३ खेलबाट ३० अंक बटुलेको छ भने समान खेलबाटै २९ अंक जोडेको लेस्टर १७औं स्थानमा छ ।

उता एस्टन भिल्लाले फुलहमलाई १–० ले पराजित गरेको छ । इंग्लिस प्रिमियर लिगको जारी खेलमा भिल्लाले फुलहमलाई १–० ले पराजित गरेको हो  । 

पहिलो हाफको २१औं मिनेटमा भिल्लाका टेरोन मिङ्सले गरेको गोल नै निर्णायक बन्न पुग्यो । अन्ततः दुवै पक्षवाट कुनै गोल हुन नसक्दा खेल १–० को अवस्थामा टुंगियो । यस जितसँगै भिल्ला ३३ खेलबाट ५४ अंक जोडेर पाँचौं स्थानमा उक्लिएको छ भने पराजित फुलहम ३२ खेलबाट ४५ अंक जोडेर नवौं स्थानमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप