फ्राईडे रिलिज : देशभर भिड्दै ‘नाईं नभन्नू ल–६’, ‘कैदीको पत्र’ र ‘प्रसाद–२’
काठमाडौँ । फ्राइडे रिलिज अन्तर्गत आजबाट तीन नयाँ नेपाली फिल्म प्रदर्शनमा आएका छन् । ति हुन् ‘नाईं नभन्नू ल ६’, ‘कैदीको पत्र’ र ‘प्रसाद २’ ।
देशभर एकसाथ प्रदर्शनमा आएका तीनवटै फिल्म फरकफरक कथामा बनेको हो । तीन फिल्म मध्य देशभरको चलचित्र घरमा ‘प्रसाद २’ ले धेरै शो पाएको छ ।
‘प्रसाद २’ :
सुदर्शन थापाको निर्देशन रहेको ‘प्रसाद २’ राजनीतिक र सामाजिक कथामा निर्माण भएको फिल्म हो । विपिन कार्की र केकी अधिकारीको मुख्य भूमिका रहेको फिल्मले वैवाहिक जीवनपछि जातीयताको कारण आउने समस्या पनि समेटेको छ । फिल्ममा अर्पण थापा, महेश त्रिपाठी, कमलमणि नेपाल लगायतको अभिनय रहेको छ ।

राजेश श्रेष्ठको छायाङ्कन, सुशील पौडेलको कथा, मिलन श्रेष्ठको सम्पादन, राजनराज सिवाकोटीको सङ्गीत रहेको फिल्म सुभाष थापाले निर्माण गरेका हुन् । एसजी फिल्मस्ले सुलभ थापा प्रोडक्शनसँग सहकार्य गरेको यो फिल्म ‘प्रसाद’को सिक्वेल हो ।
‘नाईं नभन्नू ल–६’ :

आशीर्वाद क्षेत्री र आँचल शर्माको मुख्य भूमिका रहेको फिल्म ‘नाईं नभन्नू ल ६’ विकासराज आचार्यले निर्देशन गरेका हुन् । निर्देशक आचार्य, सामीप्यराज तिमल्सिना र अरुणदेव जोशीको लेखन रहेको फिल्ममा आशीर्वाद र आँचलको अलवा केकी अधिकारी, प्रियङ्का कार्की, सरोज खनाल, खड्ग बहादुर पुन, अभिनेता निखिल उप्रेती र अभिनेत्री सञ्चिता लुइँटेलका छोरा अथर्वको पनि अभिनय छ । आख्यान फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मको निर्मातामा विकासराज आचार्य र विष्णुमणि दाहाल हुन् ।
‘कैदीको पत्र’ :
सनम कुमार वैरागी निर्देशित ‘कैदीको पत्र’ फिल्म प्रेम र रोमान्सको कथामा निर्माण भएको फिल्म हो । जीवनमा पाएको खुसीलाई सम्हाल्न नसक्दा मानिसले व्यहोर्नुपर्ने उतारचढाव र भोग्नुपर्ने कठिनाइलाई फिल्मले कथा बनाएको छ ।

फिल्ममा कुनाल विश्व र ब्रिटिश अभिनेत्री म्याडिसन लाजारस, सलिना थापा मगर, पृथ्वीराज खत्री, सुवर्ण थापा, मनिष श्रेष्ठ, सुस्मिता थापा, क्यारी डोड्स, किरण कार्की, चरण प्रधान, विजेता श्रेष्ठ, फौस्तास तलग्का, लारेनवेस्टबरी, तपस्या शिवाकोटी लगायतका नेपाली तथा ब्रिटिश कलाकारको अभिनय छ । दिल घले, नानी बैराग, कैलाश विश्वकर्मा र हिराल जोशी फिल्मका निर्माता हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण