रङ्गशाला निर्माणका लागि बजेट अभाव हुन् दिइने छैन : मन्त्री सिंह
शनिबार, १६ वैशाख २०८०, १३ : ०४
सुर्खेत । प्रदेश राजधानी वीरेन्द्रनगरमा निर्माणाधीन प्रदेश गौरवको आयोजना रङ्गशाला निर्माणको काम धमाधम भइरहेको छ । प्रदेश सरकारका अर्थमन्त्री बेदराज सिंहले उक्त रङ्गशालाका लागि बजेट अभाव हुन् नदिने बताए । उनले नयाँ आर्थिक वर्षका लागि ल्याइने बजेटमा पनि रङ्गशालालाई पहिलो प्राथमिकताका साथ बजेट विनियोजन गरिने बताए ।
राष्ट्रिय लेखा दिवस २०८० का अवसरमा प्रदेश लेखा नियन्त्रक कार्यालयले आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री सिंहले कर्णालीलाई खेलकुदका क्षेत्रमा अब्बल बनाउनुपर्ने बताए । त्यसका लागि सरकारले पर्याप्त बजेट व्यवस्था गर्नुपर्ने आवश्यकता पनि रहेको बताए ।
सिंहले खेलाडीको संरक्षण र क्षमता विकासका लागि प्रदेश सरकार तयार रहेको पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घट्यो गीतसङ्गीत निर्माण, चुनौती बन्यो एआई
-
ट्रम्पले गत वर्ष क्रिप्टोकरेन्सीबाट मात्रै कमाए १ अर्ब डलरभन्दा बढी
-
मेक्सिको र इक्वेडरबिचको खेल सुरु, कसले मार्ला बाजी?
-
रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ आज
-
जन्मसिद्ध नागरिकतासम्बन्धी १५० वर्ष पुरानो नीति खारेज गर्ने ट्रम्पको योजनामा सर्वोच्चको धक्का
-
कोशीको बजेट विवाद सुल्झाउन ६ सदस्यीय कार्यदल गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण