पूर्वराजा ज्ञानेन्द्र शाहले आज जुम्लामा सम्बोधन गर्ने
सुर्खेत । पूर्व राजा ज्ञानेन्द्र शाहले आज जुम्लामा हुने अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्ने भएका छन् । त्यसका लागि उनी नेपालगन्जबाट जहाजमा जुम्ला जाने कार्यक्रम रहेको छ ।
पूर्व राजा शाह अहिले नेपालगन्जमै रहेका छन् । उनीसँगै पूर्व युवराज्ञी हिमानी शाह पनि अभिनन्दन कार्यक्रममा सहभागी हुने बताइएको छ ।
प्रारम्भिक जानकारीअनुसार पूर्व राजा शाहले करिब १ घण्टा जति चन्दनाथ र भैरवनाथको पूजाआजा गर्ने कार्यक्रम रहेको छ भने त्यस लगत्तै १ घण्टा नागरिक अभिनन्दन कार्यक्रममा सरिक हुने छन् ।
अभिनन्दन कार्यक्रमलाई सम्बोधनपछि पूर्व राजा शाह नेपालगन्ज फर्कने कार्यक्रम रहेको छ ।
राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले पूर्व राजा जुम्लामा साढे २ घण्टा जति रहने बताए । ‘कार्यक्रमको तयारी भव्य रूपमा भएको छ, नागरिकहरूको उपस्थिति हुने क्रम जारी छ भने केही समयपछि पूर्व राजा जहाजबाट आउनुहुन्छ,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घट्यो गीतसङ्गीत निर्माण, चुनौती बन्यो एआई
-
ट्रम्पले गत वर्ष क्रिप्टोकरेन्सीबाट मात्रै कमाए १ अर्ब डलरभन्दा बढी
-
मेक्सिको र इक्वेडरबिचको खेल सुरु, कसले मार्ला बाजी?
-
रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ आज
-
जन्मसिद्ध नागरिकतासम्बन्धी १५० वर्ष पुरानो नीति खारेज गर्ने ट्रम्पको योजनामा सर्वोच्चको धक्का
-
कोशीको बजेट विवाद सुल्झाउन ६ सदस्यीय कार्यदल गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण