राजा चार्ल्सको राज्याभिषेकमा सहभागी हुन परराष्ट्रमन्त्री साउद बेलायत जाने
काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउद बेलायतका राजा चार्ल्स तृतीयको राज्याभिषेक समारोहमा सहभागी हुन बेलायत जाने भएका छन् ।
सुरुआतमा उक्त राज्याभिषेक समारोहमा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेल जाने तय भएको थियो । तर‚ स्वास्थ्यका कारण राष्ट्रपति पौडेल जान नसक्ने भएपछि सरकारले परराष्ट्रमन्त्री साउदलाई बेलायत पठाउन लागेको हो ।
बेलायतका राजा चार्ल्स तृतीयको राज्याभिषेक समारोहमा आफू हुने कार्यक्रम तय भएको परराष्ट्रमन्त्री साउदले बताए ।
चार्ल्स तृतीयको राज्याभिषेक कार्यक्रममा सहभागी हुन साउद वैशाख २१ गते बेलायत जाने छन् ।
आगामी मे ६ तारिख (वैशाख २३) मा लन्डनको वेस्टमिनिस्टर गिर्जाघरमा हुने राज्याभिषेक समारोहमा हुनेछ ।
वकिङ्घम राजप्रासादका अनुसार राज्याभिषेक समारोहमा झन्डै दुई हजार पाहुनालाई आमन्त्रण गरिएको छ । समारोहमा संसारभरका राजनेता, राष्ट्र तथा सरकार प्रमुख, राजारानी एवं राजपरिवार सदस्य, विश्वका विभिन्न देशका प्रतिष्ठित व्यक्ति उपस्थित हुने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेनजी आन्दोलनमा जलेको भन्दै गण्डकीले खर्च गरेको साढे ४ अर्बको लेखा परीक्षण भएन
-
बाढी र पहिरोले देशका मुख्य राजमार्गहरू अवरुद्ध : कहाँ-कहाँ रोकिए सवारी साधन?
-
युवतीलाई बिजुलीको पोलमा बाँधेर कालो मोसो दल्ने चार जना पक्राउ
-
कीर्तिमान भङ्ग गर्ने दाउमा २१ वर्षे युवा सनसनी गुलेर
-
रास्वपा कर्णाली प्रदेशको अधिवेशन सुरु हुँदै, सभापतिका आकाङ्क्षी चार जना
-
एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, सर्कुलरसहित तोकियो नेताहरूको जिम्मेवारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण