कर्णाली प्रदेशसभाका विषयगत समिति गठन
सुर्खेत । कर्णाली प्रदेशसभाका विषयगत समितिहरु गठन भएका छन् । प्रदेशसभाको १५ औँ बैठकमा सभामुख नन्दा गुरुङले विषयगत समिति गठन गरिएको जानकारी गराएकी हुन् ।
प्रदेशसभा अन्तर्गत चार वटा संसदीय समिति छन् । जस अन्तर्गत प्रदेश मामिला समितिमा जानकी सिंह, कल्यानी खड्का, टेकराज पछाई, दक्षिणा शाही, पूर्णबहादुर खत्री, रणसिंह परियार, महेन्द्र केसी, सुरेश अधिकारी छन् ।
सार्वजनिक लेखा समितिमा जीत बहादुर मल्ल, तुल्सा मल्ल, जीवनबहादुर शाही, लक्ष्मी सुनार, विन्दमान विष्ट, सन्तोषी शाही, देवेन्द्रबहादुर शाही छन् भने अर्थ तथा प्राकृतिक स्रोत समितिमा दुर्गबहादुर रावत, विजया बुढा, वीर बहादुर शाही, विनोदकुमर शाह, शेरबहादुर बुढा, हिक्मत विष्ट छन् ।
सामाजिक विकास समितिमा इन्द्रा कुमारी शाही, कलबहादुर हमाल, गोमता विक, घनश्याम भण्डारी, जुम्किता लामा कार्की, मिलन खड्का रोका, यामलाल कँडेल र राजीव विक्रम शाह छन् ।
प्रदेशसभा नियमावलीको परिच्छेद–२१ मा प्रदेशसभाका समितिहरु सम्बन्धी व्यवस्था छ । प्रदेशसभाको कार्य प्रणालीलाई व्यवस्थित र प्रभावकारी बनाउन विषयगत समिति र आवश्यकता अनुसार अन्य समिति गठन गरिने व्यवस्था नियमावलीमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरेलु मैदानमा मेक्सिकोको सानदार प्रदर्शन, पहिलो हाफमै इक्वेडरविरुद्ध २–० को अग्रता
-
साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुने
-
यस्तो छ आजका लागि तोकिएको कृषिउपजको थोक मूल्य (सूचीसहित)
-
म्याग्दीलाई पूर्णखोपयुक्त घोषणा
-
घट्यो गीतसङ्गीत निर्माण, चुनौती बन्यो एआई
-
ट्रम्पले गत वर्ष क्रिप्टोकरेन्सीबाट मात्रै कमाए १ अर्ब डलरभन्दा बढी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण