सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
कोशी प्रदेश

राप्रपालाई मुख्यमन्त्रीको अफर !

बुधबार, २० वैशाख २०८०, २० : ५४
बुधबार, २० वैशाख २०८०

विराटनगर । राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले कोशी प्रदेश सरकारको मुख्यमन्त्री बन्न आफूलाई अफर आएकोे दाबी गरेका छन् ।

नयाँ सरकार गठनको कसरत चलिरहँदा उनले केन्द्रको सत्ता गठबन्धन दल –कांग्रेस, माओवादी, नेकपा एस र जसपाकै कतिपय नेताले आफूलाई त्यस्तो अफर गरेको दाबी गरेका हुन् । 

रातोपाटीसँगको विशेष कुराकानीका क्रममा सिटौलाले भने, ‘नयाँ सरकार बनाउन चाहने पार्टीका मानिसहरुले मलाई मुख्यमन्त्रीको अफर गरिरहेकै छन् (हाँस्दै) । तर, भरपर्दो सरकार बन्ने आधार नभइकन मुख्यमन्त्री बन्न कुद्ने कुरा हुँदैन ।’

उनले नयाँ सरकार बनाउने दलहरुले राम्ररी खुट्टा टेक्न नसकेको पनि बताए । ‘उनीहरुको खुट्टा मज्जाले तंग्रिएको देखिँदैन । त्यसैले उनीहरुलाई समर्थन गर्दा पनि सरकार स्थिर हुने देखिँदैन,’ सिटौलाले भने, ‘हामी सरकारलाई समर्थन दिन सक्छौं तर उनीहरुले स्थिर सरकार दिन्छन् भन्ने भरोसा अहिलेसम्म बनिरहेको छैन ।’

कांग्रेस र माओवादीले सरकार परिवर्तनका लागि स्थिरताको आधार खडा गर्नुपर्ने र स्थायी सरकारको भरोसा दिनुपर्ने तथा उपर्युक्त पावर शेयरिङको व्यवस्था हुनुपर्ने आफूहरुको बटमलाइन भएको पनि उनले बताए । सिटौला हालको कोशी प्रदेश सरकारका प्रवक्ता तथा उद्योग, कृषि तथा सहकारी मन्त्री पनि हुन् ।

सिटौलासँगको विस्तृत अन्तरवार्ता रातोपाटीमा छिट्टै प्रकाशित हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप