राज्याभिषेकमा सहभागी हुन मन्त्री साउद लण्डनमा
लण्डनमा । परराष्ट्रमन्त्री एनपी साउद बेलायतका राजा चाल्र्स तृतीयको राज्याभिषेकमा सहभागी हुन बिहीबार लण्डन आइपुगेका छन् । मन्त्री साउदलाई विदेश, राष्ट्रमण्डल तथा विकास मामिला मन्त्रालयका सचिवका विशेष प्रतिनिधि, बेलायतस्थित नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, दूतावासका अधिकारीलगायतले लण्डनको हिथ्रो बिमानस्थलको अति विशिष्ट कक्ष विन्सर स्विटमा स्वागत गरेको लण्डनस्थित नेपाली दूतावासले जनाएको छ ।
परराष्ट्रमन्त्री साउदले आज बकिङ्घम दरबारमा विदेशी प्रतिनिधिको सम्मानमा आयोजना गरिएको राजा चाल्र्सको स्वागत समारोह र वैशाख २३ गते वेस्टमिन्स्टर एब्बेमा राज्याभिषेक समारोहमा भाग लिने कार्यक्रम रहेको दूतावासका प्रवक्ता रोशन खनालले जानकारी दिए ।
मन्त्री साउदले बेलायत भ्रमणका क्रममा केही औपचारिक भेटघाट गर्ने कार्यक्रमका साथै बेलायतमा रहेका नेपालीसँग अन्तक्र्रिया कार्यक्रमसमेत गर्ने रहेको बताइएको छ । परराष्ट्रमन्त्री साउद यही वैशाख २६ गते स्वदेश फर्किने तालिका छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनभावना विपरीतकाे अभिव्यक्तिले पार्टीको रक्षा हुँदैन : पोखरेल
-
जेनजी आन्दोलनमा जलेको भन्दै गण्डकीले खर्च गरेको साढे ४ अर्बको लेखा परीक्षण भएन
-
बाढी र पहिरोले देशका मुख्य राजमार्गहरू अवरुद्ध : कहाँ-कहाँ रोकिए सवारी साधन?
-
युवतीलाई बिजुलीको पोलमा बाँधेर कालो मोसो दल्ने चार जना पक्राउ
-
कीर्तिमान भङ्ग गर्ने दाउमा २१ वर्षे युवा सनसनी गुलेर
-
रास्वपा कर्णाली प्रदेशको अधिवेशन सुरु हुँदै, सभापतिका आकाङ्क्षी चार जना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण