बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

देउवा र खाणले घुस लिएको दाबी गर्दै अडियो सार्वजनिक गर्ने अनलाइनमाथि कारबाही

सोमबार, २५ वैशाख २०८०, १३ : ०७
सोमबार, २५ वैशाख २०८०

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु देउवा र पूर्व गृहमन्त्री बालकृष्ण खाणले घुस लिएको दाबी गर्दै अडियो सार्वजनिक गर्ने अनलाइनमाथि प्रेस काउन्सिलले कारबाही गरेको छ । मञ्जु खाणबाट दर्ता भएको उजुरीको आधारमा नेसनल दैनिक डटकममाथि कारबाही काउन्सिलले कारबाही गरेको हो ।

सो अनलाइनले ‘भुटानी शरणार्थी प्रकरण : आरजु देउवा र पूर्व गृहमन्त्री खाणले घुस लिएको अडियो सार्वजनिक’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो । खाणले ‘म मञ्जु खाणलाई जोडेर नक्कली आवाजको भिडियो बनाई सामाजिक सञ्जाल तथा विभिन्न अनलाइनहरूमा सम्प्रेषण गरी मेरो व्यक्तिगत चरित्रहत्या गर्ने कार्य भएको’ भन्दै कारबाही माग गरेकी थिइन् ।

अनलाइनको सम्प्रेषित सामग्री अनुगमन गर्दा एकपक्षीय पत्रकार आचारसंहिता प्रतिकूल भएको देखिएको र उक्त वेबपोर्टल नियमानुसार दर्ता एवम् सूचीकरण भएको नदेखिएको काउन्सिलले जनाएको छ । अनलाइनलाई अर्को व्यवस्था नभएसम्मका लागि नेपालभित्र सम्प्रेषण नहुने व्यवस्था गर्न दूरसञ्चार प्राधिकरणलाई काउन्सिलले पत्र लेखेको छ ।

press
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप