बंगलादेशकी प्रधानमन्त्री हसिनासँग परराष्ट्रमन्त्री साउदको भेटवार्ता
काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउदले बंगलादेशकी प्रधानमन्त्री शेख हसिनालाई भेटका छन् । बंगलादेशको ढाकास्थित गणभवनमा आइतबार परराष्ट्रमन्त्री साउदले प्रधानमन्त्री हसिनासँग भेटवार्ता गरेका हुन् ।
उनीहरुबीचको भेटवार्ताका क्रममा नेपाल र बंगलादेशबीचको सम्बन्धलाई सुदृढ बनाउने विषयमा छलफल भएको परराष्ट्रमन्त्रीका स्वकीय सचिव दिपक जोशीले बताए ।
उनका अनुसार साउदले सीमापार, कनेक्टिभिटी, व्यापार, पारवहन, ऊर्जा, शिक्षालगायत अन्य सम्बन्धित क्षेत्रमा विशेष जोड दिएका थिए ।
‘छैटौं इन्डियन ओसन कन्फ्रेन्स–२०२३’ मा सहभागी हुन परराष्ट्रमन्त्री साउद शुक्रबार बंगलादेश गएका थिए । त्यहाँ उनले राजनीतिक भेटघाट पनि गरिरहेका छन् ।
शुक्रबार ढाकामा परराष्ट्रमन्त्री साउद र भारतीय विदेशमन्त्री एस जयशंकरबीच द्विपक्षीय भेटवार्ता भएको भएको थियो । शनिबार सिंगापुरका विदेशमन्त्री डा. मोहम्मद मलिकी बिन उस्मान परराष्ट्रमन्त्री साउदबीच भेटवार्ता भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेनजी आन्दोलनमा जलेको भन्दै गण्डकीले खर्च गरेको साढे ४ अर्बको लेखा परीक्षण भएन
-
बाढी र पहिरोले देशका मुख्य राजमार्गहरू अवरुद्ध : कहाँ-कहाँ रोकिए सवारी साधन?
-
युवतीलाई बिजुलीको पोलमा बाँधेर कालो मोसो दल्ने चार जना पक्राउ
-
कीर्तिमान भङ्ग गर्ने दाउमा २१ वर्षे युवा सनसनी गुलेर
-
रास्वपा कर्णाली प्रदेशको अधिवेशन सुरु हुँदै, सभापतिका आकाङ्क्षी चार जना
-
एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, सर्कुलरसहित तोकियो नेताहरूको जिम्मेवारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण