अनुप्रस्थले च्यारिटी कन्सर्ट गर्ने

काठमाडौँ । चर्चित नेपाली ब्याण्ड अनुप्रस्थले आउँदो जेठ ६ गते शनिबार च्यारिटी कन्सर्ट गर्ने भएको छ । अनुप्रस्थ फाउन्डेसनले एक कार्यक्रम गर्दै ‘म्युजिक टु हिल एन्ड हेल्प’ नामक कार्यक्रमको जानकारी दिएको हो । भोकलिस्ट निरन शाहीले स्थापना गरेको अनुप्रस्थ फाउन्डेसन ‘पैसा बिना कोही मर्नु हुँदैन भन्ने नारासहित गरिब तथा विपन्नको उपचारमा सहयोग पुर्याउने लक्ष्यका साथ सो कन्सर्ट आयोजना गर्न लागिएको हो । ‘म्युजिक टु हिल एन्ड हेल्प’ च्यारिटी कन्सर्ट ‘काल्म’ टङगालवुड, नक्सालमा हुँदैछ ।
च्यारिटी कन्सर्टमा नेपालका चर्चित कलाकार तथा ब्यान्डको सहभागिता रहनेछ । जसमा मुक्ति एन्ड द रिभाइभल, कबवेब, सविन राई एन्ड द फारोह, द एस्क ब्यान्ड, अनुप्रस्थ ब्यान्ड, द एलिमेन्टस्, इन्दिरा जोशी एन्ड ब्यान्ड, महेश दोङग्, स्वप्निल शर्मा, मेलिना राई, क्याप्टेन विजय लामा, परिवर्तन ब्याण्ड र पहेँलो बत्ती मुनिको सहभागिता रहनेछ ।
नेपाल डाइरिजको व्ययवस्थापनमा रहेको यस कार्यक्रममा सम्पूर्ण कलाकारदेखि आयोजक बिना शुल्क क्यान्सर पीडितका उपचारका लागि सहयोग गर्ने भएका छन् । यस कार्यक्रम र डोनेसनबारे सम्पूर्ण जानकारी अनुप्रस्थ फाउन्डेसन तथा अनुप्रस्थ ब्यान्डको सामाजिक सञ्जालबाट प्राप्त गर्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा सामान्य सुधार, कारोबार रकम १३ अर्ब नाघ्यो
-
देश बनाउन फेरि एक पटक माओवादी केन्द्रलाई बहुमत दिनुपर्छ : नारायणकाजी
-
‘पटका पड्केको देखेको थिएँ, इजरायल आएर मिसाइल पड्किएको पनि देखेँ’
-
बर्दिबासमा मोटरसाइकल चोरीको गिरोह पक्राउ
-
भ्रातृसंस्थाबारे सभापति र महामन्त्री थापा दुईतिर
-
सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप सुरू, पहिलो दिन रबिलाई अग्रता