बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

असारे रोपाइँ महोत्सव–२०८३ आयोजना गरिने

बुधबार, १० असार २०८३, १७ : ५३
बुधबार, १० असार २०८३

पाेखरा । पोखरालाई वर्षभरि नै पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यसहित पोखरा पर्यटन परिषद्ले २१ औँ असारे रोपाइँ महोत्सव–२०८३ आयोजना गर्ने भएको छ ।

परिषद्ले बिहीबार पोखरामा पत्रकार सम्मेलन आयोजना गरी पोखरा महानगरपालिका–३० स्थित लेखनाथ शिशुवा देउराली खोलाछेउमा असार १४ गते असारे रोपाइँ महोत्सव आयोजना गरिएको जनाएको हो ।

‘पोखरा सबै मौसमका लागि' भन्ने मूल नाराका साथ विगत दुई दशकदेखि सञ्चालन हुँदै आएको असारे रोपाइँ महोत्सवलाई यस वर्ष पनि निरन्तरता दिइएको आयोजकले जनाएको छ ।

पोखरा वरपर रहेका खेतीयोग्य जमिनको संरक्षण, कृषकलाई सम्मान तथा ‘हिलोमा एक पटक, देशको माया सय पटक’ भन्ने मान्यतालाई जीवन्त बनाउने अभियानका रूपमा पनि महोत्सवलाई लिइएको परिषद्का अध्यक्ष तारानाथ पहारीले बताए। महोत्सवको मुख्य उद्देश्य पोखरा तथा गण्डकी प्रदेशमा आन्तरिक र बाह्य पर्यटन प्रवद्र्धन गर्दै ‘पोखरा भ्रमण वर्ष’लाई सफल बनाउनु रहेको उनले बताउए ।

साथै, पर्यटकलाई नेपाली परम्परागत कृषि प्रणालीसँग प्रत्यक्ष साक्षात्कार गराउने, नयाँ पुस्तालाई मौलिक कृषि संस्कृतिबारे जानकारी गराउने तथा पोखरालाई सबै मौसममा घुम्न सकिने गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य लिइएको उनले बताए।

महोत्सवमा साउने प्रतियोगिता (हल गोरु दौड), असारे भाका सहित रोपाइँ प्रतियोगिता, हिलोमा माछा समात्ने प्रतियोगिता, विदेशी तथा स्वदेशी महिला–पुरुष हिलो दौड प्रतियोगिता, पत्रकार खुला हिलो दौड तथा पुरुष–महिला रस्साकस्सी प्रतियोगिता सञ्चालन गरिने र उत्कृष्ट कृषकलाई सम्मानसमेत गरिने परिषद्ले जनाएको छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप