सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

रोल्पामा एक पर्यटकको डुबेर मृत्यु

सोमबार, ०१ जेठ २०८०, १३ : ११
सोमबार, ०१ जेठ २०८०

रोल्पा । रोल्पाको पर्यटकीय क्षेत्र सुनछहरी झरना घुम्न गएका एक पर्यटकको पोखरीमा डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा बाँके जिल्ला नेपालगञ्ज उपमहानगरपालिका–१८ पशुपति नगरकी २४ वर्षिया चन्द्रा सुनार भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । श्रीमान र नाबालक छोरासँग सुनछहरी झरना हेर्न पुगेकी उनको नुहाउने क्रममा डुबेर मृत्यु भएको हो । चन्द्राका श्रीमान उमेश सुनार ईलाका प्रहरी कार्यालय पोवाङमा कार्यरत छन् ।

“चन्द्राले सुनछहरी झरनाको पोखरीमा नुहाउँछु भनेपछि श्रीमानले छोरा लिएर अलि पर गएर पर्खेर बसेका रहेछन्, सोही क्रममा मृत्यु भएको रहेछ”, ईलाका प्रहरी कार्यालय रोल्पाका प्रहरी नायव उपरीक्षक श्याम सारुमगरले भने । नुहाएर आउन अलि ढिला भएपछि हेर्न जाँदा पोखरीमा श्रीमतीलाई मृत अवस्थामा देखेपछि श्रीमानले प्रहरीलाई खबर गरेका थिए । घटनास्थल ईलाका प्रहरी कार्यालय पोवाङवाट डेढ घण्टाको पैदल दूरीमा छ । 

शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप