मंगलबारदेखि प्रतिनिधिसभाका १० वटा विषयगत समितिको बैठक बस्ने
सोमबार, ०१ जेठ २०८०, १७ : १०
काठमाडौँ । मङ्गलवारदेखि प्रतिनिधिसभा अन्तर्गत रहेका १० वटा विषयगत समितिको बैठक सुरु हुने भएको छ । गठन भएका सबै समितिको पहिलो बैठक बिहान ९ बजेदेखि सुरु हुने सङ्घीय संसद् सचिवालयले जनाएको छ । सचिवालयका प्रवक्ता एकराम गिरीले रातोपाटीसँग भने– ‘भोलि बिहान ९ बजे सबै समितिहरूको बैठक बस्दैछ । यसपछि समितिका बैठकहरू नियमित रूपमा अघि बढ्नेछन् ।’
प्रतिनिधिसभा सुरु भएको ५ महिनापछि र समिति गठन भएको झन्डै २ सातापछि संसदीय समितिहरूको बैठक बस्न लागेको हो । समिति सभापति निर्वाचित हुनुअघि सुरुवातका बैठकहरू समितिमा रहेका ज्येष्ठ सदस्यको सभापतित्वमा बस्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमन
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण