दाङमा सवारी दुर्घटनामा हुँदा एकको मृत्यु, ११ को अवस्था गम्भीर
दाङ । दाङमा भएको सवारी दुर्घटनामा परी एक जनाको मुत्यु भएको छ । दाङको देउखुरीमा शुक्रबार बिहान दुई बस एक आपसमा ठोक्किँदा एक जनाको मुत्यु भएएको हो ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक राजनकुमार गौतमका अनुसार रोल्पा रुन्टीगढी– ७ निवासी ४३ वर्षीया सोभा परियारको घटनास्थलमा नै मृत्यु भएको हो । सो दुर्घटनामा परी दर्जन भन्दा बढी घाइते हुन पुगेका छन् ।
लमहीबाट भालुवाङतर्फ जाँदै गरेको लु २ ख ७८५ नम्बरको बस र वीरगन्जबाट दाङको तुलसीपुर आउँदै गरेको ना ५ ख ४८९८ नम्बरको बस लमही नगरपालिका–३ फल्कापुरमा बिहान एक आपसमा ठोक्किएर सो दुर्घटना भएको हो ।
भालुवाङतर्फ जाँदै गरेका बसका चालक तुल्सीराम रामिजाल गम्भीर घाइते हुन पुगेका छन । दुई दर्जनभन्दा बढी घाइते भएको प्रहरीले जनाएको छ । जसमा ११ जनाको अवस्था गम्भीर रहेको छ । उनीहरुलाई थप उपचारका लागि नेपालगञ्जलगायतका स्थानमा पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम सरकारमा एमालेले बदल्दै मन्त्रीहरूको टोली, पठाइए नयाँ अनुहार
-
संघलाई प्रदेशको चुनौतीः पहिलेको अकर्मण्यता, अहिलेको सनक
-
निजामती कर्मचारी अस्पतालको सेवा अब प्रदेशस्तरमा पनि उपलब्ध
-
कम्बोडियामा ६६ नेपाली सम्पर्कविहीन (नामावलीसहित)
-
परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता
-
ईभी ट्याक्सी चलाएर डेढ लाखसम्म आम्दानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण