सन्धु कप फुटबलमा आर्मी र एपीएफसहित ८ टोली
काठमाडौं । सिन्धु कप फुटबल प्रतियोगिता जेठ २८ गतेदेखि सुरु हुने भएको छ । प्रतियोगिताको यो नवौं संस्करण हो । आयोजक युथ स्पोर्ट्स क्लबले शुक्रबार पत्रकार सम्मेलन गरी प्रतियोगिता जेठ २८ देखि असार २ गतेसम्म सञ्चालन हुने जनाएको हो ।
सिन्धुपाल्चोकस्थित लामोसाँघुको वसन्तपुर खेल मैदानमा हुने उक्त प्रतियोगितामा ८ टोलीको सहभागिता रहने बताइएको छ । प्रतियोगितामा २ विभागीय टोली त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपीएफ क्लब पनि सहभागी हुनेछन् ।
यसैगरी प्रतियोगितामा प्लानिङ ब्वाइज युनाइटेड, झम्सिखेल युथ क्लब, ब्रिगेड ब्वाइज क्लब, आयोजक युथ स्पोर्टस क्लब, काभ्रे जिल्ला फुटबल एसोसियसन र दोलखा जिल्ला फुटबल एसोसियसनको पनि सहभागिता रहने बताइएको छ ।
सिन्धुपाल्चोक जिल्ला फुटबल संघको प्राविधिक सहयोग रहने उक्त प्रतियोगिताको विजेताले २ लाख रुपैयाँ नगद पुरस्कार पाउने छन् । उपविजेताले १ लाख रुपैयाँ नगद पुरस्कार हात पार्नेछ ।
यसैगरी सर्वोत्कृष्ट खेलाडी, सर्वोत्कृष्ट गोलरक्षक, सर्वोत्कृष्ट डिफेन्डर, सर्वोत्कृष्ट मिडफिल्डर, सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट प्रशिक्षकले पनि जनही ५ हजार रुपैयाँ पुरस्कार पाउने छन् । प्रतियोगिता नकआउटका आधारमा खेलाइने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा घरमै बसेर कमाउने नाममा ठगीको जोखिम, प्रहरीले गरायो सचेत
-
अब पुराना कुराकानी बिर्सिने छैन च्याटजीपीटी, मेमोरी फिचरमा नयाँ अपग्रेड
-
हामी विगतका गल्ती र अलमलबाट टाढा छौँ : परराष्ट्रमन्त्री खनाल
-
इन्स्टाग्रामद्वारा सशुल्क ग्राहकका लागि ‘इन्स्टाग्राम प्लस’ सार्वजनिक : अरूको स्टोरी गोप्य रूपमा हेर्न पाइने
-
रास्वपा स्याङ्जाको सभापतिमा भण्डारी विजयी
-
हेर्नुहोस् साताका ७ तस्बिर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण