जेलबाट निस्किइन् अभिनेत्री, खुसीले रोइन् आमा
बलिउड अभिनेत्री क्रिसन परेरालाई सरजाह प्रहरीले ३ हप्तापछि जेलबाट रिहा गरेको छ । क्रिसन परेरालाई सरजाह विमानस्थलमा प्रहरीले पक्राउ गरेको थियो । क्रिसनको हातमा एउटा ट्रफी थियो जसमा लागु औषध पाइएपछि उनलाई प्रहरीले हिरासतमा लिएको थियो ।
घटनाको अनुसन्धानपछि क्रिसन निर्दोष भेटिइन् । त्यसपछि उनलाई प्रहरीले रिहा गरिदियो । क्रिसन जेलमुक्त हुने बित्तिकै आफ्नी आमासँग कुरा गरिन् । उनलाई देखेर उनकी आमा खुसीले रोइन् । क्रिसनका भाइ केविन परेराले यो भिडियो आफ्नो इन्स्टाग्राममा पोस्ट गरेका छन् ।
मुम्बई पुलिसले के भन्यो ?
क्रिसन बलिउड फिल्ममा स–साना भूमिकामा देखिने गर्छिन् । सडक–२ र बटाला हाउसमा काम गरिसकेकी २७ वर्षकी क्रिसन लगातार अडिसन दिने गर्छिन् । यति नै बेला क्रिसनलाई कसैले दुबईको सिरिजमा कास्ट गर्ने भन्दै युएई बोलायो । १ अप्रिलमा क्रिसन त्यहाँ पुगिन् । प्रहरीका अनुसार कसैले उनलाई लागु औषध ओसार्न प्रयोग गर्यो । यसबारे अञ्जान क्रिसन सरजाह विमानस्थलमा पुग्ने बित्तिकै प्रहरीले उनलाई पक्राउ गर्यो ।
अनुसन्धानपछि घटनामा संलग्न दुई जनालाई पक्राउ गरियो । यसमा उनको संलग्नता नदेखिएपछि उनलाई रिहा गरिएको जानकारीमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण