आलोक नगर र प्रयाग मार्गको बीचमा आकाशे पुल बनाउन सांसद सिंहको माग
काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा सांसद प्रकाशमान सिंह पैदल यात्रीको दृष्टिकोणले काठमाडौँको शान्तिनगर क्षेत्रमा असुरक्षित देखिएको बताएका छन् । काठमाडौँ -१ बाट निर्वाचित सांसद सिंहले शान्तिनगर क्षेत्रमा पैदल यात्रीको दृष्टिकोणबाट ब्ल्याक स्पट बन्न पुगेको बताए ।
‘पैदल यात्रीको दृष्टिकोणबाट सुरक्षाको बारेमा म यहाँ बोल्न चाहिरहेको छु । काठमाडौँको क्षेत्र नं. १ को शान्तिनगर क्षेत्रमा पैदल यात्रीको दृष्टिकोणबाट ब्ल्याक स्पटका रूपमा डेभलप भइरहेको छ’ उनले भने ।
ट्राफिक दुर्घटनाबाट केही वर्षदेखि धेरैले ज्यान गुमाइसकेको उनको भनाइ छ । साेमबार नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा संसदमा बोल्दै सिंहले भने, ‘यहाँका स्थानीय बासिन्दाहरूबाट आलोक नगर र प्रयाग मार्गको बीचमा आकाशे पुलको डिमान्ड भएको छ । त्यहाँ आकाशे पुल बनाउन नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गर्न चाहन्छु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्को
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
-
यो साता यी राशिहरूका लागि लाभको संकेत
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण