देशका केही मुट्ठीभर मान्छेले हालीमुहाली गरे : प्रभु साह
काठमाडौँ । स्वतन्त्र सांसद प्रभु साहले देशका केही मुट्ठीभर मान्छेले हालीमुहाली गरेको आरोप लगाएका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद साहले अहिलेकै अवस्थामा देशको उन्नति नहुने बताए ।
‘यो संसद् बोल्ने र ताली पिट्ने मात्रै हो । कसैले २ घण्टा बोल्न पाएका छन् कसैले बोल्नै पाएका छैनन् । कतिपयको बोलेपनि सुनुवाइ छैन । अन्तिममा ताली पिटेर पारित गर्नुपर्ने हुन्छ’ साहले भने, ‘हामी जसरी देखावटी लोकतन्त्रको अभ्यास गर्दै छौं । देश जहाँ छ त्यहीँ छ ।’
देश जहाँको त्यहीँ हुँदा समेत किन देशमा लोकतन्त्र छैन भन्न नसकेको भन्दै साहले प्रश्न गरे । ‘लोकतन्त्र भनेको स्वतन्त्रता हुन्छ, अंकुश हुँदैन । अहिले मुठ्ठीभर नेताहरूको हालीमुहाली छ । जति गरेपनि सत्य यहीँ हो’ उनले भने, ‘यसरी देशको उन्नति र प्रगति गर्न सम्भव छैन । जनता निरीह र कमजोर छन् । भ्रष्टाचार र लुटतन्त्र बढेको छ । जनता लाचार छन् ।’
आफूलाई ठुलोबडा भन्नेहरू भ्रष्टाचार गरेर विदेश भागीको साहले बताए । देश र जनता उजाड भएपनि कसैलाई मतलब नभएको साहले बताए ।
देश र जनतालाई निरीह बनाउने प्रणालीको विकल्पको विषयमा छलफल किन नहुने भन्दै साहले प्रश्न गरे । ‘यो प्रणाली लोकतन्त्र हो ? बाहिर सकाहारी होटल लेखेको छ भित्र मासु पाकिरहेको छ । त्यसलाई साहाकारी भन्ने कि मांसाहारी होटल भन्ने हो । लोकतन्त्रमा अंकुश हुँदैन । तर, दलीय अकंशु लगाएको छ । यस्तो हुन्छ ?’ साहले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेनजी आन्दोलनमा जलेको भन्दै गण्डकीले खर्च गरेको साढे ४ अर्बको लेखा परीक्षण भएन
-
बाढी र पहिरोले देशका मुख्य राजमार्गहरू अवरुद्ध : कहाँ-कहाँ रोकिए सवारी साधन?
-
युवतीलाई बिजुलीको पोलमा बाँधेर कालो मोसो दल्ने चार जना पक्राउ
-
कीर्तिमान भङ्ग गर्ने दाउमा २१ वर्षे युवा सनसनी गुलेर
-
रास्वपा कर्णाली प्रदेशको अधिवेशन सुरु हुँदै, सभापतिका आकाङ्क्षी चार जना
-
एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, सर्कुलरसहित तोकियो नेताहरूको जिम्मेवारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण