पाकिस्तानको रक्षा मन्त्रालयले भन्यो, ‘इमरान खानको पार्टीमा प्रतिबन्ध लाग्न सक्छ’
बुधबार, १० जेठ २०८०, १६ : ४०

पाकिस्तानमा पूर्व प्रधानमन्त्री इमरान खानको पार्टीमाथि प्रतिबन्ध लाग्ने सम्भावना छ । पाकिस्तानको रक्षा मन्त्रालयले सरकारले पूर्व प्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तहरीक–ए–इन्साफलाई प्रतिबन्ध लगाउने विचार गरिरहेको जनाएको छ ।
पीटीआईले देशको जगमा आक्रमण गरेको आरोप लगाउँदै ख्वाजा आसिफले यो सहन नसकिने बताए ।
यही महिना इमरान खानको गिरफ्तारीपछि देशभर विरोध प्रदर्शन भएको थियो । सेनाका थुप्रै क्याम्पमा तोडफोड भएको थियो । समर्थक र पार्टीका धेरै नेताहरु पक्राउ परेका छन् ।
हिंसाबारे इमरान खानबाट कुनै प्रतिक्रिया आएको छैन र उनले स्वतन्त्र छानबिनको माग गरेका छन् । त्यसपछि इमरान खानको पार्टीका धेरै नेताहरूले पार्टी छोड्ने घोषणा गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘एयर इन्डियाको जहाज दुर्घटनाले विश्व हवाई क्षेत्र स्तब्ध’
-
विपद् व्यवस्थापनमा समुदायको सक्रियता बढ्दो
-
दोस्रोपटक थपिएको समयमा पनि पूरा भएन राहुघाट जलविद्युत् आयोजना
-
पाँच प्रदेशमा फैलियो मनसुन, आज यी तीन प्रदेशमा धेरै वर्षा हुने सम्भावना
-
कस्ताे रहला तपाईँकाे दिन ? हेर्नुहाेस् आजकाे राशिफल
-
हेर्नुहाेस् शुक्रबारकाे अन्तर्राष्ट्रिय मुद्राकाे विनिमय दर