राष्ट्रपतिद्वारा रेशम चौधरीसहित १९ जनाको कैद सजाय माफी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले रेशम चौधरीसहित १९ जनाको कैद सजाय माफी गरेका छन् । नेपाल सरकार मन्त्रिपरिषद्को जेठ १२ र १४ गते बैठकको सिफारिस अनुसार पौडेलले सो निर्णय गरेका हुन् ।
राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘टोपबहादुर बुढा समेतका १९ जना व्यक्तिहरूलाई विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसलाबमोजिम लागेको कैद सजाय नेपालको संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम गणतन्त्र दिवस, २०८० को उपलक्ष्यमा माफी भएको छ ।‘
त्यस्तै, राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को जेठ १२ को बैठकको सिफारिसमा जेठ १५ गते देखि लागू हुने गरी रमेश थलङ भन्ने हेमबहादुर थलङ/लिम्बूसमेतका ४७५ जना र ज्येष्ठ नागरिक उदय नारायण गिरीसमेतका ७ जना गरी कुल जम्मा ४८२ जना कैदीहरूको भुक्तान हुन बाँकी कैद सजाय माफ गरेका छन् ।
नेपालको संविधानको धारा २७६, फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७ तथा ज्येष्ठ नागरिक ऐन, २०६३ को दफा १२ बमोजिम गणतन्त्र दिवस, २०८० को अवसरमा माफी दिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइशर र सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड बीच क्यासलेस इन्स्योरेन्स सम्झौता
-
प्रधान सेनापतिले भने– संस्थाको हित प्रतिकूलका क्रियाकलापमा संलग्न रहने प्रवृत्ति अन्त्य गर्न प्रतिवद्ध छु
-
सोती घटनासम्बन्धी मुद्दाको सुनुवाइ सकियो, आजै फैसला सुनाउने तयारी
-
एनसेल प्रकरणमा छलफल गर्न प्रधानमन्त्रीले बोलाए गठबन्धनको बैठक
-
प्रथम दृष्टिमै एनसेलमा अर्बौँ घोटाला भएको अनुमान गर्न सकिन्छ : महामन्त्री थापा
-
प्रदेशले दबाब बढाएपछि विधेयकको मस्यौदा पठाउन सबै मन्त्रालयलाई कानुन मन्त्रालयको ताकेता