चिकित्सा शिक्षाको परीक्षा प्रणाली सुधारको माग गर्दै माइतीघरमा विद्यार्थी प्रदर्शन (तस्बिरहरु)
काठमाडौं । त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान (टीयू–आईओएम) अन्तर्गत एमबीबीएस र बीडीएस अध्ययनरत विद्यार्थीहरूले शैक्षिक प्रणालीमा सुधारको माग गर्दै मंगलबार माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।
विद्यार्थीहरूले विभिन्न ६ बुँदे माग अघि सार्दै लामो समयदेखि लागू हुँदै आएको शैक्षिक प्रणालीले आफूहरूलाई अतिरिक्त मानसिक दबाब र शैक्षिक अन्यायमा पारेको भन्दै तत्काल सुधार गर्नुपर्ने माग गरेका हुन् ।

प्रदर्शनमा सहभागी विद्यार्थीहरूले १९ वर्ष पुरानो पाठ्यक्रम तथा परीक्षा प्रणाली परिवर्तन गर्न, ‘ब्याच ड्रप’ प्रणाली खारेज गर्न तथा परीक्षामा वस्तुगत र विषयगत दुवै प्रकारका प्रश्न समावेश गर्नुपर्ने माग गरेका छन् ।

उनीहरूले परीक्षाको तालिका व्यावहारिक बनाउँदै पर्याप्त तयारी समय सुनिश्चित गर्नुपर्ने, पहिलो वर्षमा आठ पटक र दोस्रो वर्षमा छ पटकसम्म परीक्षा दिने अवसर उपलब्ध गराउनुपर्ने तथा परीक्षामा प्रयासको संख्या वृद्धि गर्नुपर्ने माग पनि गरेका छन् ।

विद्यार्थीहरूले हालको परीक्षा प्रणालीका कारण मानसिक स्वास्थ्य, अध्ययनको निरन्तरता, समय व्यवस्थापन र भविष्यमा समेत नकारात्मक असर परेको दाबी गर्दै विद्यार्थीमैत्री शैक्षिक सुधार आवश्यक रहेको बताएका छन् ।

प्रदर्शनका क्रममा उनीहरूले आफ्ना माग तत्काल सम्बोधन गरी परीक्षा प्रणालीलाई समयानुकूल, वैज्ञानिक र विद्यार्थीमैत्री बनाउन सम्बन्धित निकायसँग आग्रह गरेका छन्।






_ed5JhXIQUK.jpg)

Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण