रेशमलाई माफी दिएर सरकारले दण्डहीनता देखायो : इन्सेक अध्यक्ष अर्याल
काठमाडौँ । इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालले जन्मकैदको सजाय काटिरहेका रेशम चौधरीलाई माफी दिएर सरकारले दण्डहीनता देखाएको बताएका छन् । क्षणिक राजनीतिक लाभका लागि सरकारले अहिले आम माफी दिनुले भविष्यमा देशलाई नै अप्ठ्यारो बनाउने बताएका हुन् ।
अर्यालले रेशम चौधरीलाई आम माफी दिनु भनेको र देशमा कानुनको उल्लङ्घन गर्दा पनि राजनीतिक बलको आडमा कतिपयलाई सजाय नै हुँदैन भन्ने सन्देश पुग्ने बताए । राज्यले बलमिच्याइँका साथ दण्डहीनतालाई प्रश्रय दिनुले देशको छविमा समेत आँच आउने उनको भनाई थियो ।
न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले भने, ‘सर्वोच्च अदालतले पनि यो जघन्य अपराध हो, यो मिनाहा हुन सक्दैन भनेको अवस्थामा झनै मिनाहा गर्नसक्ने विषय होइन यो । त्यस विषयमा सरकारले जसरी बल मिच्याइँ गर्दैछ, यसले आउने दिनमा राम्रो परिणाम ल्याउँदैन । शान्ति सम्झौतापछि पनि जसरी घटनाक्रम यसरी हुने र तत्कालको राजनीतिक फाइदाका लागि, तत्कालीन राजनीतिक लाभको लागि यस्ता घटनामा जसरी मुद्दा फिर्ता लिने प्रचलन बढ्दै गएको छ, त्यसले दण्डहीनतालाई प्रश्रय दिएको छ । मानिसलाई जेसुकै गरे पनि यो देशमा कानुनको उल्लङ्घन गर्दा पनि सजाय राजनीतिक बलको आडमा कतिपयलाई हुँदैन भन्ने सन्देश गएको छ । लोकतन्त्रमा झनै बढी समस्या उत्पन्न गराएको छ । सर्वोच्च अदालतले पनि सजायलाई निरन्तरता दिने भनेको अवस्थामा यस्तो गम्भीर अपराधको दोषी करार भइसकेको व्यक्तिलाई यसरी आम माफी दिनु हुँदैन । यसले विधिको शासनको जुन मान्यता छ । यसको उल्लङ्घन गर्दछ ।’ अध्यक्ष अर्यालले नागरिक समाजले यसको विरुद्धमा सरकारलाई दबाब दिनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
तीन कारण देखाउँदै रास्वपाले गर्यो बागमती प्रदेश अधिवेशन अस्थायी स्थगन
-
विभिन्न मागसहित नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाको धर्ना (तस्बिरहरू)
-
विश्वकप २०२६ को उद्घाटन समारोह : कहिले हुन्छ सुरु, को-को गर्दैछन् प्रस्तुति ?
-
संस्थापनले सहमतिका लागि कुनै प्रस्ताव पठाएको छैन : डा.शेखर कोइराला
-
‘धरौटी होइन, प्रभावकारी नियमन गर’ भन्दै फेकनद्वारा मन्त्रालय र दलका नेताहरूलाई ज्ञापनपत्र
-
रास्वपाकाे बागमती प्रदेश अधिवेशन स्थगित, प्रहरीले कार्यक्रमस्थल खाली गरायाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण