यस्तो छ विगत १० वर्षको शिक्षाको बजेट
काठमाडौं । फिनल्याण्डको शिक्षा प्रणाली विश्वकै उत्कृष्ट मानिन्छ । फिनल्याण्डले शिक्षालाई प्राथमिकतामा राख्छ । यसले पहिलो प्राथमिकतामा शिक्षा, दोस्रो प्राथमिकतामा शिक्षा र तेस्रो प्राथमिकतामा शिक्षा राखेको हुन्छ । यसको अर्थ शिक्षाको विकास बिना मुलुक समृद्ध बन्न सक्दैन भन्ने उसको ठम्याई हुन्छ र सोही आधारमा अहिले विश्वका लागि उदाहरणीय बन्दै आएको छ ।
फिनल्याण्डको शिक्षा प्रणालीलाई संसारले अनुसरण गर्दै आएको छ । जबसम्म शिक्षामा प्रयाप्त बजेटको व्यवस्था गरिदिनै तबसम्म देशको विकास हुँदैन । तर, नेपालमा पनि शिक्षा प्राथमिकतामा त हुन्छ । तर, व्यवहारमा भन्दा पनि भाषणमा । जसको उदाहरण हो,– सरकारले ल्याउने बजेट ।
पछिल्ला वर्षहरूमा सरकारले शिक्षाको बजेट घटाउँदै आएको देखिन्छ । आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि १ खर्ब ९७ अर्ब २९ करोड रूपैयाँ बजेट विनियोजित गरेको छ । जुन कुल बजेटको ११.२७ प्रतिशत रहेको छ ।
चालु आर्थिक वर्षमा १ खर्ब ९६ अर्ब ३८ करोड बजेट छुट्याईएको थियो । जुन कुल बजेटको ११.६४ प्रतिशत हो । त्यस्तै आर्थिक वर्ष २०७८/७९ मा १ खर्ब ८० अर्ब ४ करोड रुपैयाँ बजेट बिनियोजन गरिएको थियो । जुन १०.९३ प्रतिशत हो ।
त्यस्तै आर्थिक वर्ष २०७७/०७८ मा १ खर्ब ७१ अर्ब ७१ करोड बजेट छुट्टयाएको थियो । जुन कुल बजेटको ११.६४ प्रतिशत थियो ।
शिक्षा क्षेत्रमा कम्तिमा २० प्रतिशत बजेट अनिवार्य छुट्याउन माग गर्दै आएका छन् । तर, सरकारले बढाउन सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
औद्योगिक, जोखिमपूर्ण फोहरलाई उत्पादनकर्ताले नै व्यवस्थापन गर्नुपर्ने
-
भारत-पाकिस्तानबीच आज खास वार्ता
-
ट्रम्पले भने, ‘युक्रेन पुटिनको प्रस्तावमा सहमत हुनुपर्छ’
-
इटालियन सिरी’ए : शीर्ष स्थानको नापोली बराबरीमा रोकिंदा इन्टरलाई फाइदा
-
आजको मौसम : चट्याङसहित वर्षादेखि हावाहुरीको सम्भावना
-
चीनसँग व्यापार सम्झौतामा उल्लेखनीय प्रगति : अमेरिका