कर्णाली नदीमा बेपत्ता भएका दुई किशोर अझै भेटिएनन्
दैलेख । कर्णाली नदीमा डुबेर शुक्रबार बेपत्ता भएका दुई किशोर अझै भेटिएका छैनन् । स्थानीय, प्रहरी र गोताखोरको टोली परिचालन भए पनि उनीहरु अझै फेला नपरेको हुन् ।
शुक्रबार नदीमा डुबेर कालिकोटको नरहरीनाथ गाउँपालिका- १, कोटबाडाका १६ वर्षीय विराज विष्ट र दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका—९, डौँसुरका १६ वर्षीय भुवन सावन बेपत्ता भएका थिए ।
जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी लालबहादुर सुनारका अनुसार स्थानीय र प्रहरीले खोजीकार्य जारी राखेका छन् । ‘ठाउँ–ठाउँमा पुगेर खोजी कार्य भइरहेको छ, अहिलेसम्म कुनै पत्तो लागेको छैन्,’ उनले रातोपाटीसँग भने ।
भुवन शुक्रबार बिहान १०ः ३० बजेतिर चामुण्डाबिन्द्रासैनी नगरपालिका—७, अन्तर्गत पर्ने लामादुवालास्थित कर्णाली नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए । जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी निरीक्षक वीरबहादुर सुनारका अनुसार विष्ट शुक्रबार दिउँसो पचालझराना गाउँपालिका—४, को को चाँटेबगर स्थिती कर्णालीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए ।
उनको खोजी कार्यका लागि गोताखोरको टोली पनि परिचालन गरिएको छ । ‘गोताखोर, सशस्त्र प्रहरी, हाम्रो टोली र स्थानीय मिलेर खोजीकार्य भइरहेको छ,’ उनले रातोपाटीसँग भने, ‘तर अहिलेसम्म पत्ता लाग्न सकेको छैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण