एकीकृत समाजवादीको झापा अध्यक्षमा भट्टराई
आइतबार, २८ वैशाख २०८२, २२ : २१

झापा । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को झापा जिल्ला कमिटी अध्यक्षमा बिपी भट्टराई सर्वसम्मत चयन भएका छन् । पार्टीको विर्तामोडमा आज सम्पन्न दशौँ जिल्ला अधिवेशनबाट भट्टराईको अध्यक्षतामा ६१ सदस्यीय कार्यसमिति चयन भएको हो ।
कार्य समितिको उपाध्यक्षमा नवीन इजम र सरस्वती लिम्बू चयन हुनुभएको छ भने सचिवमा सानुकुमार लामा सर्वसम्मत चयन भएका पार्टीको निवर्तमान जिल्ला अध्यक्ष बेदराज रेग्मीले जानकारी दिए ।
यसैगरी उपसचिवमा होम बराल, श्री मिश्र र उदय बरायली चयन भएका छन् । अध्यक्षमा निर्वाचित भट्टराई यसअघि पार्टीको जिल्ला सचिव रहेका थिए । पार्टीको दशौँ जिल्ला अधिवेशनको शनिबार पूर्वप्रधानमन्त्री तथा पार्टीका सम्मानित नेता झलनाथ खनालले उद्घाटन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची
-
इटालियन सिरी’ए : तेस्रो स्थानको एटलान्टा विजयी
-
अमेरिकी डलरको भाउ स्थिर, अन्य विदेशी मुद्रा कसको मूल्य कति ?
-
गाजा दहमा बन्यो पर्यटकीय पूर्वाधार
-
पशुपति क्षेत्रमा पहिलो पटक निःशुल्क नशामुक्ति शिविर हुँदै, देशविदेशबाट ३० हजार बढी सहभागी हुँदै
-
म्यान्मामा ‘जुन्टा’को हवाई आक्रमण, २० बालबालिकासहित २२ जनाको मृत्यु