बागमती प्रदेश सरकार र सिडिओलाई प्रेस सेन्टरले बुझायाे ज्ञापनपत्र
हेटौँडा । पत्रकार सुरक्षाको माग गर्दै प्रेस सेन्टरले बागमती प्रदेश सरकार र जिल्ला प्रशासन कार्यालय मकवानपुरलाई ज्ञापन पत्र बुझाएको छ ।
प्रेस सेन्टर बागमती प्रदेश तथा मकवानपुर कार्य समितिले संयुक्त रूपमा पत्रकारको हकहित र सुरक्षाको माग गर्दै आन्तरिक मामिला तथा कानुन मन्त्रालय बागमती प्रदेश र मकवानपुरका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको हो ।
केन्द्रीय कार्यक्रम अनुसार प्रदेश सरकार र प्रमुख जिल्ला अधिकारी (सिडिओ) लाई आइतबार ज्ञापनपत्र बुझाएको प्रेस सेन्टर बागमती प्रदेशका अध्यक्ष धुव्र अधिकारीले जानकारी दिए ।
अध्यक्ष अधिकारी नेतृत्वको टोलीले आन्तरिक मामिला तथा कानुन मन्त्रालयका शान्ति सुरक्षा महाशाखा प्रमुख पदम ओझा मार्फत मन्त्री सुरजचन्द्र लामिछानेलाई र मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्कीम श्रेष्ठलाई ज्ञापन पत्र बुझाइएको हो ।
पछिल्लो समय सञ्चारकर्मीमाथि विभिन्न खालका आक्रमण हुन थालेको प्रति ज्ञापनपत्र मार्फत गम्भीर चिन्ता व्यक्त गरिएको छ । संविधानले प्रत्याभूत गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सङ्कुचित बन्न थालेकामा दुख व्यक्त गर्दै प्रेस स्वतन्त्रताको संरक्षणका लागि समयसापेक्ष सञ्चार कानुन निर्माणको माग गरिएको छ ।
१७ बुद्धे ज्ञापनपत्रमा पत्रकारको हत्या छानबिन, बेपत्ता पारिएका पत्रकारको अवस्था सार्वजनिकको माग, न्यूनतम पारिश्रमिकको कार्यान्वयन, मन्त्रालयले प्रदान गर्दै आइरहेको पत्रकारिता पुरस्कार तथा सम्मान कार्यक्रमको बजेट वृद्धि, प्रदेश तहका विज्ञापनको समानुपातिक वितरण, पत्रकारका लागि सामाजिक सुरक्षा कोषको व्यवस्था, सञ्चार तथा सवारी साधन खरिदमा भन्सार छुट लगायतका माग समावेश गरिएको अध्यक्ष अधिकारीले बताए ।
ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी श्रेष्ठले जिल्लाको शान्ति सुरक्षा कायम राख्न आफू प्रतिबद्ध रहेको उल्लेख गर्दै निर्धक्क भएर पत्रकारिता गर्न आग्रह गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह
-
‘सैयारा’ को सफलतापछि पुनः पर्दामा जोडिँदै अहान र अनीत
-
छिन्नमस्ता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि कार्यकक्षमै दुर्व्यवहार, कर्मचारीद्वारा विरोध
-
हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६ सुरु
-
राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो
-
चलचित्र ‘काला हिरण’ विवाद : निर्माता भन्छन्, ‘यो सलमान खानको बायोपिक होइन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण