सर्वोच्चले फेवातालबारे गरेको आदेश हुबहु कार्यान्वयन गर्छौँ: मुख्यमन्त्री पाण्डे
पोखरा । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले फेवातालबारे सर्वोच्चले गरेको फैसला हुबहु कार्यान्वयन गर्ने बताएका छन् ।
नेपाल प्रेस युनियनले आइतबार पोखरामा आयोजना गरेको लोमन्थाङ मिडिया समिट अन्तर्गतको छलफल कार्यक्रमलाई सम्बोधन गर्दै पोखराको पर्यटन जोगाउन फेवातालको संरक्षण अनिवार्य रहेको बताए ।
`पोखराको पर्यटन भनेको फेवातालमा केन्द्रित छ । फेवातालको संरक्षणका सन्दर्भमा सर्वोच्चले एउटा आदेश दिएको छ,´ उनले भने, `उक्त आदेश हुबहु कार्यान्वयन हुन्छ । त्यो केही दिनमा रिजल्ट देखिने छ ।´
फेवाताल संरक्षण र सौन्दर्यीकरणबारे सर्वोच्चले तीनै तहका सरकारका नाममा आदेश दिएको छ । आदेशपछि मुख्यमन्त्री पाण्डेकै संयोजकत्वमा सहजीकरण समिति गठन भएको छ ।
तालको ६५ मिटर मापदण्ड तोकिएको छ । मापदण्ड भित्रको संरचना हटाउन सरकारलाई चुनौती छ । यद्यपि प्राविधिक टोलीले सीमाङ्कन निर्धारण गरेको छ । केही समयभित्रै पोल गाडेर सीमा तोक्ने पाण्डेले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण