सुदूरपश्चिममा रेडियो पत्रकारका लागि दुई दिने प्रशिक्षण
डडेल्धुरा । सुदूरपश्चिमका एफएम रेडियोमा कार्यरत पत्रकारहरूको क्षमता विकाससम्बन्धी दुईदिने प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम आयोजना गरिएको छ । सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयको सहयोगमा नेपाल पत्रकार महासङ्घ प्रदेश समितिले आजदेखि डडेल्धुरामा प्रशिक्षण आयोजना गरेको हो ।
प्रशिक्षण शुभारम्भ गर्दै प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीले कार्यक्रमबाट बढीभन्दा बढी लाभ लिन सहभागीलाई आग्रह गरे । उनले प्रदेश सरकारले चाँडै सञ्चार विधेयकलाई निष्कर्षमा पुर्याउने गरी तयारी रहेको र त्यसले यहाँका सञ्चार समस्या व्यवस्थापनमा सहज हुने बताए । ‘सञ्चार विधेयकलाई चाँडै पास गर्नका लागि पत्रकारहरूसँग छलफल गरिरहेका छौँ, महासङ्घलाई पनि यसमा छलफल गरी रचनात्मक सुझाव दिन आग्रह गर्दछु’, मन्त्री सार्कीले भने ।
सुदूरपश्चिम प्रदेशसभा सदस्य डा.ताराप्रसाद जोशीले एफएम रेडियो सङ्कटमा परिरहेकाले नयाँ प्रविधिसँगै अघि बढ्नुपर्नेमा जोड दिए । नेपाल र विशेष गरी सुदूरपश्चिमको भौगोलिक अवस्थाका कारण अझै पनि रेडियोको भूमिका महत्वपूर्ण रहेको भन्दै उनले यस क्षेत्रको व्यवस्थापनका लागि सरकारको सहयोग जरूरी रहेको बताए ।
प्रशिक्षणमा प्रदेशका नौ जिल्लाबाट रेडियो प्रतिनिधिहरूको सहभागिता रहेको र यसले रेडियो व्यवस्थापन तथा बदलिँदो अवस्थामा पत्रकारिताबारे प्रशिक्षण दिइने महासङ्घ सुदूरपश्चिमका अध्यक्ष भरत शाहले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
-
दुग्धजन्य पदार्थ बिक्रीबाट ६ करोड सङ्कलन
-
१४ सय दर्शकले हेरे उत्कृष्ट घोषित ६ चिनियाँ फिल्म
-
६ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइन : कार्यवाहक प्रमुख आयुक्त भण्डारी
-
नेपालमा आधिकारिक रूपमा सुरु भयो उबरको सेवा, बाइक र कार दुवै सेवा उपलब्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण