युवा संघमा भाँडभैलो, निर्णय सच्याउन चेतावनी
काठमाडौँ । नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपालमा फेरि भाँडभैलो भएको छ । नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य समेत रहेका युवा संघका इन्चार्ज लक्ष्मण केसीले गरेको मनोमानी सच्याउन चेतावनी दिँदै युवा संघका नेताहरूले शीर्ष नेतालाई गुहारेका छन् ।
युवा संघका उपमहासचिव संजिप राई, निर्भीक खनाल, सचिवहरु भेषराज शाह र अनिल बोगटीले अन्तरपार्टी निर्देशन विपरित कार्यदल गठन गरेर जिम्मेवारीमा खटाएको भन्दै आपत्ति जनाएका हुन् । ‘हिजो इन्चार्ज कमरेडले एकाएक, युवा संघमा बाँकी रहेका पदाधिकारीहरू एवं कार्यालय कमिटीका सदस्यहरूसँग कुनै छलफल र बैठक नै नगरी संयोजक, सहसंयोजकहरु र पार्टी केन्द्रीय निकायको जिम्मेवारीमा रहेका कमरेडलाई समेत सदस्य तोकी कार्यदल बनाउने निर्णय गर्नुभएको प्रति हाम्रो घोर आपत्ति रहेको छ’, उनीहरूले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
निर्णय सच्चाउन माग गर्दै उनीहरूले अध्यक्ष माधवकुमार नेपाल, नेताहरू झलनाथ खनाल, बेदुराम भुसाल, राजेन्द्र पाण्डे तथा महासचिव घनश्याम भुसाललाई बोधार्थ दिएका छन् ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण