मङ्गलबार, ३० वैशाख २०८२
ताजा लोकप्रिय

कर्णालीमा बालबालिका खोजतलास केन्द्र सञ्चालनमा

आइतबार, २८ वैशाख २०८२, १७ : ४९
आइतबार, २८ वैशाख २०८२

‎सुर्खेत। कर्णाली प्रदेशमा बालबालिका खोजतलास प्रदेश समन्वय केन्द्र सञ्चालनमा आएको छ। ‎कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले आइतबार एक कार्यक्रमकाबिच केन्द्रको उद्घाटन गरे ।

‎बालबालिकाको खोजतलासका लागि सहयोग पुग्ने उद्देश्यले आश्रयस्थलको रूपमा केन्द्र सञ्चालन गरिएको मन्त्री भण्डारीले बताए। कर्णाली प्रदेशमा बालबालिकाको खोजतलासको लागि टोल फ्री नम्बर १०४ मा सम्पर्क गरी समस्या टिपाउन सकिनेछ। 

‎‎खोजतलास समन्वय केन्द्रमा प्रहरी र नेपाल टेलिकमको सहकार्य रहेको छ भने सामाजिक विकास मन्त्रालय अन्तर्गत सञ्चालनमा रहने उनले बताए। ‎‘यसले  बालबालिकाको संरक्षण र संवर्द्धनमा टेवा पुग्ने विश्वास लिएको छु,’ उनले भने, ‘आगामी दिनहरूमा थप व्यवस्थित रूपले सञ्चालन गर्न प्रदेश सरकार प्रतिबद्ध छ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप