कर्णालीमा बालबालिका खोजतलास केन्द्र सञ्चालनमा
आइतबार, २८ वैशाख २०८२, १७ : ४९
सुर्खेत। कर्णाली प्रदेशमा बालबालिका खोजतलास प्रदेश समन्वय केन्द्र सञ्चालनमा आएको छ। कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले आइतबार एक कार्यक्रमकाबिच केन्द्रको उद्घाटन गरे ।
बालबालिकाको खोजतलासका लागि सहयोग पुग्ने उद्देश्यले आश्रयस्थलको रूपमा केन्द्र सञ्चालन गरिएको मन्त्री भण्डारीले बताए। कर्णाली प्रदेशमा बालबालिकाको खोजतलासको लागि टोल फ्री नम्बर १०४ मा सम्पर्क गरी समस्या टिपाउन सकिनेछ।
खोजतलास समन्वय केन्द्रमा प्रहरी र नेपाल टेलिकमको सहकार्य रहेको छ भने सामाजिक विकास मन्त्रालय अन्तर्गत सञ्चालनमा रहने उनले बताए। ‘यसले बालबालिकाको संरक्षण र संवर्द्धनमा टेवा पुग्ने विश्वास लिएको छु,’ उनले भने, ‘आगामी दिनहरूमा थप व्यवस्थित रूपले सञ्चालन गर्न प्रदेश सरकार प्रतिबद्ध छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काभ्रेको नदी-तटीय क्षेत्रमा मौसम मापन उपकरण राखिँदै
-
गाउँको ‘सापटी’ चलनलाई प्रविधिमा ढालेर भारतमा तहल्का मच्चाउने दीपेश
-
नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै
-
ट्युनिसयाविरुद्ध स्विडेनको सहज जित
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञसँग छलफल
-
ढुक्क रहनुहोस्, मति सुध्रने छ, गति बढ्ने छ : योगेश भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण