युवा पलायन रोक्नु आजको प्रमुख चुनौती : मुख्यमन्त्री लामा
हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले युवा पलायनलाई रोक्नु आजको प्रमुख चुनौती भएको बताएका छन् ।
प्रदेश युवा परिषद् बागमतीको आयोजनामा आईतवारदेखि सुरू भएको प्रदेश युवा सम्मेलन २०८२ लाई उद्घाटन गर्दै मुख्यमन्त्री लामाले युवालाई रोजगारी र उत्पादनसँग आबद्ध गर्न प्रदेश सरकारले पर्याप्त मात्रामा लगानी गरिरहेको बताएका हुन् ।
मुख्यमन्त्री लामाले रोजगारीको नाममा धेरै युवाहरू विदेशी भूमिमा पसिना बगाउनुपरेको दृष्टान्त प्रस्तुत गर्दै ती युवाहरूले पठाएको रेमिट्यान्सले नै नेपालको अर्थतन्त्र धानेको बताए । स्वदेशमै रोजगारीको अवसर दिलाउन प्रदेश सरकारले कोसिस गरिरहेको समेत उनले दाबी गरे ।
मुख्यमन्त्री लामाले प्रदेश सरकारले सञ्चालन गर्ने युवा लक्षित कार्यक्रमहरू युवाहरूको भावना र आवश्यकताको जगमा बनेको जिकिर गरे । उत्पादन र रोजगारी वृद्धि गर्न कृषिमा आधुनिकीकरण र युवाको संलग्नता नै मुख्य सवाल भएको उनको भनाई छ ।
मुख्यमन्त्री लामाले युवाहरूको नेतृत्व विकास गरी शासकीय जिम्मेवारी बहन गर्न सक्षम बनाउनु आजको आवश्यकता भएको समेत उल्लेख गरे । युवाहरूलाई नीति निर्माण र नेतृत्व तहमा आकर्षित गर्नु जरुरी भएको उनको भनाई छ ।
शासकीय संरचनाको केन्द्रमा युवाहरूलाई उचित स्थान दिए मात्रै नागरिकको विकास र समृद्धिको आकंक्षा पूरा हुने समेत उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण