इटालियन सिरी’ए : शीर्ष स्थानको नापोली बराबरीमा रोकिंदा इन्टरलाई फाइदा
सोमबार, २९ वैशाख २०८२, ०५ : ४९

काठमाडौं । इटालियन सिरी’एमा शीर्ष स्थानको नापोली बराबरीमा रोकिंदा दोस्रो स्थानको इन्टर मिलानलाई फाइदा पुगेको छ ।
नापोलीले जिनोआसँग २-२ को बराबरी खेल्दा इन्टरले टोरिनोलाई २-० ले हरायो । इन्टरलाई जिताउन निकोला जालेव्स्की र क्रिस्टजन अस्लानीले गोल गरे ।
जितसँगै इन्टरको ३६ खेलबाट ७७ अंक भएको छ भने नापोलीको समान खेलबाट ७८ अंक छ । तेस्रो स्थानको एटलान्टाको भने ६८ अंक छ ।
यस्तै, अन्य खेलमा मोन्जाले युडिनिजलाई २-१ ले हराउँदा हेलस भेरोना र लेसेले १-१ को बराबरी खेल्दै अंक बाँडेका छन् । लिगमा जम्मा दुई चरणका खेल बाँकी हुँदा उपाधि दौड पेचिलो बनेको छ । यो खेल जितेको भए नापोलीलाई सहज हुने थियो भने दोस्रो स्थानको इन्टरले समेत अबका दुबै खेल जित्नै पर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिदामा पनि पठनपाठन गर्न शिक्षा मन्त्रालयको अनुरोध
-
बङ्गलामुखीको बार आज कुन राशिलाई कति लाभ ?
-
गण्डकीको बर्खे अधिवेशन जेठ ११ देखि
-
वित्तीय जोखिम मूल्याङ्कनको रेड जोन माछापुच्छ्रेमा सबैभन्दा कम बेरुजु
-
चार वायुको प्रभाव नेपालमा, कहाँ-कहाँ छ वर्षाको सम्भावना ?
-
एसी मिलानलाई हराउँदै बोलाग्नाले उचाल्यो कोपा इटालियाको उपाधि