इटालियन सिरी’ए : शीर्ष स्थानको नापोली बराबरीमा रोकिंदा इन्टरलाई फाइदा
सोमबार, २९ वैशाख २०८२, ०५ : ४९
काठमाडौं । इटालियन सिरी’एमा शीर्ष स्थानको नापोली बराबरीमा रोकिंदा दोस्रो स्थानको इन्टर मिलानलाई फाइदा पुगेको छ ।
नापोलीले जिनोआसँग २-२ को बराबरी खेल्दा इन्टरले टोरिनोलाई २-० ले हरायो । इन्टरलाई जिताउन निकोला जालेव्स्की र क्रिस्टजन अस्लानीले गोल गरे ।
जितसँगै इन्टरको ३६ खेलबाट ७७ अंक भएको छ भने नापोलीको समान खेलबाट ७८ अंक छ । तेस्रो स्थानको एटलान्टाको भने ६८ अंक छ ।
यस्तै, अन्य खेलमा मोन्जाले युडिनिजलाई २-१ ले हराउँदा हेलस भेरोना र लेसेले १-१ को बराबरी खेल्दै अंक बाँडेका छन् । लिगमा जम्मा दुई चरणका खेल बाँकी हुँदा उपाधि दौड पेचिलो बनेको छ । यो खेल जितेको भए नापोलीलाई सहज हुने थियो भने दोस्रो स्थानको इन्टरले समेत अबका दुबै खेल जित्नै पर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भक्तपुर स्थित सिद्धपोखरी मर्मत धमाधम (तस्बिरहरू)
-
सानदार छनोट यात्रा पार गरेका आइभोरी कोस्ट र इक्वेडरबिच कडा टक्करको अपेक्षा
-
अमद डियालो : विश्वकपमा आइभोरी कोस्टका मुख्य हतियार
-
प्रहरी सङ्गठन जनताकाे पहिलो सरकार हो : मुख्यमन्त्री कार्की
-
रास्वपा प्रदेश सभापतिमा सांसदहरू नै पराजित
-
असार १ गतेदेखि चिया उद्योग बन्द हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण