चलचित्रमा पनि विद्यार्थीलाई ५० प्रतिशत छुट !
बिहीबार, १८ जेठ २०८०, १४ : ३५
काठमाडौँ । सार्वजनिक सवारी साधन, पार्क तथा चिडिया घरमा विद्यार्थीका लागि विशेष छुटको व्यवस्था गरिएको हुन्छ । तर, पछिल्लो समय सरकारले चलचित्रमा समेत विद्यार्थीका लागि ५० प्रतिशत छुटको व्यवस्था गरेको छ ।
आगामी आर्थिक वर्ष २०८०/८१ को आर्थिक विधेयकमार्फत सरकारले चलचित्रका लागि विद्यार्थीलाई ५० प्रतिशत छुट दिने व्यवस्था गरेको हो । यद्यपि, यस्तो छुट शनिबार र अन्य सार्वजनिक बिदाका दिनमात्र विद्यार्थीले उपभोग गर्न पाउने छन् ।
आर्थिक विधेयकको अनुसूची ४ को बुँदा १० मा छुट सम्बन्धी व्यवस्था गर्दै भनिएको छ, ‘विद्यार्थी वर्गको सहुलियतको लागि शनिबार बिहान ८ बजेको र सार्वजनिक बिदा परेका दिनको बिहान ८ बजेको चलचित्र प्रदर्शनमा चलचित्र विकास शुल्कमा पचास प्रतिशत छुट दिइनेछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण