सरकारले ल्याएको बजेटप्रति चलचित्र सम्बद्ध संघ संस्थाले जनाए आपत्ति
काठमाडौँ । चलचित्र सम्बद्ध संघ संस्थाहरुले सरकारले ल्याएको बजेटको विरोध गरेका छन् । बिहीबार चलचित्र सम्बद्ध संघ संस्थाहरुले संयुक्त विज्ञप्ति जारी गर्दै सरकारले ल्याएको बजेटप्रति आपत्ति जनाएका हुन् ।
उनीहरुले चलचित्र उद्योगका लागि पेश गरेका कार्यक्रमहरूलाई बेवास्ता गर्दै सरकारले बजेट ल्याएको भन्दै विरोध समेत जनाएका छन् ।
नेपाल चलचित्र संघ, नेपाल चलचित्र निर्माता संघ, नेपाल चलचित्र कलाकार संघ, नेपाल चलचित्र निर्देशक समाज, नेपाल आदिवासी जनजाति चलचित्रकर्मी महासंघ, नेपाल चलचित्र नृत्य संघ, नेपाल चलचित्र द्वन्द्व कलाकार संघ र चलचित्र पत्रकार संघ नेपालले विज्ञप्ति जारी गर्दै सरकारले ल्याएको बजेटमा चलचित्रलाई बेवास्ता गरेको उल्लेख गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ, 'संघ सस्था र चलचित्र उद्योगका लागि पेश गरेका कार्यक्रमहरूलाई बेवास्ता गर्दै नेपाल सरकारले ल्याएको बजेटप्रति हामी चलचित्र सम्बद्ध संघ सस्थाहरुको घोर आपत्ति र विरोध छ । राष्ट्रिय चलचित्र उद्योगलाई बेवास्ता गर्दै बजेट वक्तव्य जारी गर्ने नेपाल सरकारप्रति निन्दा व्यक्त गर्दछौं । तत्काल सम्बन्धित निकायले प्रकृया अनुसार बजेट संशोधनबाट राष्ट्रिय चलचित्र उद्योगलाई बजेट विनियोजन गर्न जोडदार माग गर्दछौं । अन्यथा चरणबद्ध आन्दोलन घोषणा गर्ने चेतावनी दिन चाहन्छौं ।'

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण