यार्सा टिप्न डोल्पा गएका जाजरकोटका एक पुरुषको मृत्यु
शनिबार, २० जेठ २०८०, १८ : ५२
सुर्खेत । यार्सा टिप्नका लागि डोप्पा पुगेका जाजरकोटका एक जनाको मृत्यू भएको छ । मृत्यु हुनेमा जाजरकोट बारेकोट गाउँपालिका–८ जुगेना बस्ने अन्दाजी ३९ वर्षीय जंगबहादुर भुल रहेका छन् । उनी गत वैशाख २२ गते देखिनै यार्सा टिप्न भनि घरबाट निस्किएर डोल्पाको डोल्पोबुद्ध गाउँपालिका– ३ टाँस्कीस्थित रहेको थाङबुचे पाटनमा आएको डोल्पा प्रहरीले जनाएको छ ।
शुक्रबार उनलाई एक्कासी श्वासप्रश्वासमा समस्या आएको थियो । उपचारका लागि डोल्पोबुद्ध गाउँपालिका– १ धोमा ल्याई माउण्टेन स्टार होटलमा राखिएको थियो । स्थानीय स्वास्थ्यकर्मीद्वारा उपचार भैरहेकै अवस्थामा उनको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्री रावल र मधेसका मुख्यमन्त्री यादवबिच भेटवार्ता
-
‘गोल मेसिन’ हालान्डलाई आइभोरी कोस्टले रोक्न सक्ला ?
-
अमेरिकी सर्वोच्च अदालतले बढायो ट्रम्पको अधिकार
-
भेनेजुएलामा भूकम्पका कारण ५८ हजार भन्दा बढी भवनहरू क्षतिग्रस्त
-
इरानले गर्याे अमेरिकासँगका आगामी प्रत्यक्ष वार्ता अस्वीकार
-
हार के हो ? नेदरल्यान्ड्सलाई सोध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण