अर्थमन्त्री भन्छन्-बजेट बनाउँदा बिचौलिया छेउछाउ आउनै पाएनन्
मङ्गलबार, २३ जेठ २०८०, १४ : ५०
काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशसरण महतले बजेट बनाउने क्रममा बिचौलियालाई छेउछाउमा समेत आउन नदिएको बताएका छन् । बजेटमार्फत लिइएका कर नीतिमा चलखेलको आरोप लागेपछि अर्थमन्त्री डा. महतले बिचौलिया छेउछाउ समेत आउन नपाएको बताएका हुन् ।
बजेट बनाउनुअघि अधिकांश निजी क्षेत्रको सुझाव र सल्लाह समेटेर आर्थिक विधेयक बनाएको समेत उनको भनाई छ । निजी क्षेत्रको सुझाव सुनेर समग्ररुपमा विश्लेषण गर्दै जरोमा पुगेर करको दर वैज्ञानिक बनाएको अर्थमन्त्रीले बताए ।
‘प्रत्येक वर्ष छुटमाथि छुट दिँदै जाँदा करको अवस्था कमजोर भइरहेको थियो,’ उनले भने, ‘अब छुटका दरमा भ्याटलाई प्रवेश गराइएको हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण