अमेरिकाको एक क्लबमा गोलाबारी हुँदा ६ घाइते
सोमबार, २९ जेठ २०८०, ०७ : २९
न्युयोर्क । अमेरिकाको ह्युस्टन सहरस्थित ट्याबु क्लब बाहिर अन्धाधुन्ध गोलीबारी भएको छ । आइतबार राति भएको सो गोलाबरीमा ६ जनालाई गोली लागेको हो । आइतबार बिदा भएकाले क्लबमा भीड लागेको थियो ।
घटनाको समयमा क्लबको पार्किङ क्षेत्रमा पनि ठूलो संख्यामा मानिसहरु जम्मा भएका थिए । यसैबीच अज्ञात व्यक्तिले गोली चलाउन थालेपछि उनीहरु भागेका थिए । प्रहरी पार्किङ क्षेत्रमा पुग्दा ६ जनालाई गोली लागेको पाइएको थियो, जसमध्ये एकको अवस्था गम्भीर छ । घाइतेको शल्यक्रिया गरिएको छ । अभियुक्तको सुराक अहिलेसम्म फेला परेको छैन ।
ह्युस्टनका प्रहरी प्रमुख ट्रोय फाइनरले भीडभाड भएको पार्किङ स्थलमा कसैले गोली चलाएको बताए । हालसम्म कुनै पनि संदिग्धलाई पक्राउ नगरिएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको इरानको दाबी
-
सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी
-
ओलीका स्वकीय सचिव बज्राचार्यलाई अख्तियारले भरायो १३ पन्ने फारम
-
हिमाली क्षेत्रमा असुरक्षा बढ्दै गएको भन्दै सुरक्षाको माग
-
१० बजे १० समाचार : भारतसँग के–के सहमति गरेर फर्किए परराष्ट्रमन्त्री खनाल ? रविले बोलाए सर्वदलीय बैठक
-
न्यायबारे सचेतना फैलाउन ‘विद्यार्थीसँग अदालत’ कार्यक्रम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण