शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

उज्यालो गण्डकी प्रदेश घोषणा गरिने

शुक्रबार, ०१ असार २०८०, १६ : ३०
शुक्रबार, ०१ असार २०८०

पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षमा ‘उज्यालो गण्डकी प्रदेश घोषण’ गर्ने बताएको छ । प्रदेशका आर्थिक मामिला मन्त्री जीतप्रकाश आले मगरले शुक्रबार बसको प्रदेशसभा बैठकमा बजेट प्रस्तुत गर्दै सरकारले आगामी आर्थिक वर्षमा उज्यालो गण्डकी प्रदेश घोषणा गर्ने बताएका हुन् ।

ऊर्जा तथा खानेपानी मन्त्रालयतर्फको बजेट घोषणा गर्दै मन्त्री मगरले गण्डकी प्रदेशभरि विद्युतिकरण वैकल्पिक उर्जाको विस्तार गरिने बताए । ‘यसै वर्ष उज्यालो प्रदेश घोषणा गरिनेछ ।  विद्युत् सेवाबाट वञ्चित भएका घरपरिवारलाई सौर्य ऊर्जा जडान गर्न आवश्यक बजेट विनियोजन गरेको छु । लघुविद्युतबाट उत्पादन भएको विद्युतलाई राष्ट्रिय प्रसारण लाइनमा जडान गरिने छ,’ मन्त्री मगरले भने । 

क्षतिग्रस्त जलविद्युत मर्मत संहार १ करोड ७५ लाख विनियोजन गरेको उनले सुनाए । सोलारबाट उत्पादन गर्न सम्भाव्यता सुरु गर्ने, एलपी ग्यासलाई प्रतिस्थापन गरी विद्युत् चुलो प्रयोग कर्ताको संख्या अभिवृद्धि उनले घोषणा गरेका हुन् । सबैको घरलाई आधारभूत खानेपानी कार्यक्रमलाई निरन्तरता दिने उनले सुनाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप