उज्यालो गण्डकी प्रदेश घोषणा गरिने
पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षमा ‘उज्यालो गण्डकी प्रदेश घोषण’ गर्ने बताएको छ । प्रदेशका आर्थिक मामिला मन्त्री जीतप्रकाश आले मगरले शुक्रबार बसको प्रदेशसभा बैठकमा बजेट प्रस्तुत गर्दै सरकारले आगामी आर्थिक वर्षमा उज्यालो गण्डकी प्रदेश घोषणा गर्ने बताएका हुन् ।
ऊर्जा तथा खानेपानी मन्त्रालयतर्फको बजेट घोषणा गर्दै मन्त्री मगरले गण्डकी प्रदेशभरि विद्युतिकरण वैकल्पिक उर्जाको विस्तार गरिने बताए । ‘यसै वर्ष उज्यालो प्रदेश घोषणा गरिनेछ । विद्युत् सेवाबाट वञ्चित भएका घरपरिवारलाई सौर्य ऊर्जा जडान गर्न आवश्यक बजेट विनियोजन गरेको छु । लघुविद्युतबाट उत्पादन भएको विद्युतलाई राष्ट्रिय प्रसारण लाइनमा जडान गरिने छ,’ मन्त्री मगरले भने ।
क्षतिग्रस्त जलविद्युत मर्मत संहार १ करोड ७५ लाख विनियोजन गरेको उनले सुनाए । सोलारबाट उत्पादन गर्न सम्भाव्यता सुरु गर्ने, एलपी ग्यासलाई प्रतिस्थापन गरी विद्युत् चुलो प्रयोग कर्ताको संख्या अभिवृद्धि उनले घोषणा गरेका हुन् । सबैको घरलाई आधारभूत खानेपानी कार्यक्रमलाई निरन्तरता दिने उनले सुनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर व्यवस्थापिका मञ्चमा स्थानीय तहलाई उपेक्षा, पालिकाहरू रुष्ट
-
प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे प्रष्टीकरण नदिएसम्म सदन अगाडि बढ्न सक्दैन : कांग्रेस
-
विद्यालयले सहयोग रसिद, वार्षिक सहयोगका नाममा शुल्क असुलिरहेका छन् : ज्ञानेन्द्र शाही
-
उपाधिका लागि नेपालसामु १ सय ८९ रनको लक्ष्य
-
अर्थमन्त्रीमाथि छानबिन हुनुपर्छ : ज्ञानेन्द्र शाही
-
फिलिपिन्सको भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण