गण्डकीको बजेटबारे प्रतिपक्षको टिप्पणी–गेमचेञ्जर योजना आएन
पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ३३ अर्ब ४२ करोड ७२ लाख रुपैयाँको बजेट ल्याएको छ । प्रदेशका आर्थिक मामिला मन्त्री जीतप्रकाश आले मगरले शुक्रबार बसेको प्रदेशसभा बैठकमा बजेट प्रस्तुत गरेका हुन् ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले भने सरकारले नयाँ विषयवस्तुलाई बजेटमा प्राथमिकता दिन नसकेको प्रतिक्रिया जनाएको छ । एमाले संसदीय दलका प्रमुख सचेतक गोविन्दबहादुर नेपालीले सरकारले परम्परागत तरिकाले बजेट ल्याएको बताए ।
उनले प्रदेश सरकारले कुन दिशा लिएको हो भन्नेसमेत बजेटबाट प्रस्ट हुन नसकेको जिकिर गरे । ‘सरकारले कुन दिशा दिन खोजेको हो ? कुनै फोकस छैन । गेमचेञ्जर योजना केन्द्रित बजेट आएन,’ उनले भने, ‘लक्ष्य निर्धारण गरेर अगाडि बढ्नुपर्ने थियो । तर, यस्तो आएन । हिजो जुन खालको आकर्षण थियो । त्यो ब्राण्ड प्रोजेक्ट सरकारले देखाएन ।’
प्रदेश सरकारले ल्याएको कुल बजेटमध्ये चालुखर्च १२ अर्ब १३ करोड ६७ लाख ३८ हजार अर्थात ३८.०१ र पुँँजीगततर्फ २० अर्ब १९ करोड पाँच लाख ६२ हजार अर्थात ६०.०४ प्रतिशत बजेट विनियोजन गरिएको छ ।
यसअघि चालु आर्थिक वर्ष २०७९/८० का लागि प्रदेश सरकारले ३५ अर्ब ९० करोड ९० लाखको बजेट ल्याएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर व्यवस्थापिका मञ्चमा स्थानीय तहलाई उपेक्षा, पालिकाहरू रुष्ट
-
प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे प्रष्टीकरण नदिएसम्म सदन अगाडि बढ्न सक्दैन : कांग्रेस
-
विद्यालयले सहयोग रसिद, वार्षिक सहयोगका नाममा शुल्क असुलिरहेका छन् : ज्ञानेन्द्र शाही
-
उपाधिका लागि नेपालसामु १ सय ८९ रनको लक्ष्य
-
अर्थमन्त्रीमाथि छानबिन हुनुपर्छ : ज्ञानेन्द्र शाही
-
फिलिपिन्सको भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण