गण्डकीको बजेटबारे प्रतिपक्षको टिप्पणी–गेमचेञ्जर योजना आएन

पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ३३ अर्ब ४२ करोड ७२ लाख रुपैयाँको बजेट ल्याएको छ । प्रदेशका आर्थिक मामिला मन्त्री जीतप्रकाश आले मगरले शुक्रबार बसेको प्रदेशसभा बैठकमा बजेट प्रस्तुत गरेका हुन् ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले भने सरकारले नयाँ विषयवस्तुलाई बजेटमा प्राथमिकता दिन नसकेको प्रतिक्रिया जनाएको छ । एमाले संसदीय दलका प्रमुख सचेतक गोविन्दबहादुर नेपालीले सरकारले परम्परागत तरिकाले बजेट ल्याएको बताए ।
उनले प्रदेश सरकारले कुन दिशा लिएको हो भन्नेसमेत बजेटबाट प्रस्ट हुन नसकेको जिकिर गरे । ‘सरकारले कुन दिशा दिन खोजेको हो ? कुनै फोकस छैन । गेमचेञ्जर योजना केन्द्रित बजेट आएन,’ उनले भने, ‘लक्ष्य निर्धारण गरेर अगाडि बढ्नुपर्ने थियो । तर, यस्तो आएन । हिजो जुन खालको आकर्षण थियो । त्यो ब्राण्ड प्रोजेक्ट सरकारले देखाएन ।’
प्रदेश सरकारले ल्याएको कुल बजेटमध्ये चालुखर्च १२ अर्ब १३ करोड ६७ लाख ३८ हजार अर्थात ३८.०१ र पुँँजीगततर्फ २० अर्ब १९ करोड पाँच लाख ६२ हजार अर्थात ६०.०४ प्रतिशत बजेट विनियोजन गरिएको छ ।
यसअघि चालु आर्थिक वर्ष २०७९/८० का लागि प्रदेश सरकारले ३५ अर्ब ९० करोड ९० लाखको बजेट ल्याएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट हेर्न नमिल्ने इजलासमा
-
अझै सकिएन धरहराको पूर्ण निर्माण, अवशेषलाई झनै बेवास्ता !
-
आर्थिक अपराध अनुसन्धान गर्न सीआईबीमा छुट्टै महाशाखा
-
सिद्धार्थ बैंकका ग्राहकलाई होलिडे इन् रिसोर्टमा १५५ सम्मको छुट
-
लमजुङको गुरुङ बस्तीमा घाटु रौनक
-
एनपी साउद परराष्ट्र मन्त्रालय र सरकारप्रति किन असन्तुष्ट ?