काठमाडौँ महानगरले भन्यो–बहाल कर स्थानीय तहले संकलन गर्न पाउनुपर्छ
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बहाल कर स्थानीय तहले संकलन गर्न पाउनुपर्ने बताएको छ । महानगर प्रमुख बालेन्द्र साहले सोमबार विज्ञप्ति जारी गर्दै घर बहाल कर स्थानीय तहले संकलन गर्न पाउनुपर्ने बताएका हुन् ।
संविधान अनुसार घर बहाल कर स्थानीय तहको एकल अधिकारभित्र रहेको भन्दै मेयर साहले ठूला कर दाताको बहाल कर संघीय सरकारले संकलन गर्दै आएको बताएका छन् । उनका अनुसार बहाल कर बापत महानगरले एक अर्ब ४३ करोड ४० लाख प्राप्त गर्न सकेको छैन । उनले करदाता दोहोरो मारमा परेको पनि बताए ।
मेयर साहले बहाल कर संकलनमा संघीय सरकारले लोभ देखाएकाले संविधान अनुसार स्थानीय तहलाई संकलन गर्न दिनुपर्ने बताएका छन् । विज्ञप्तिमा मेयर साहले भनेका छन्, ‘संविधान तथा प्रचलित कानुनले तोकेको परिधिभन्दा बाहिर गई नेपाल सरकार मातहतका आन्तरिक राजश्व कार्यालयहरुबाट हालसम्म संकलन गरिएको संस्थाको घर बहाल कर बापतको सम्पूर्ण रकम फिर्ता दिलाई दिने तथा अब उप्रान्त घर बहाल कर स्थानीय तह बाहेक अन्य कसैले संकलन गर्न नपाउने कुरा सुनिश्चित गर्ने सम्बन्धमा सम्मानित आयोग मार्फत आवश्यक पहल गरी दिनुहुन सादर अनुरोध गर्दछु ।’
मेयर साहका अनुसार व्यक्तिको घर बहाल कर महानगरले संकलन गर्दै आएको छ भने संस्थाको घर बहाल कर संघीय सरकारले संकलन गर्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
-
यो साता यी राशिहरूका लागि लाभको संकेत
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण