आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

सिरहामा करेन्ट लागेर एक युवकको मृत्यु

सोमबार, ०४ असार २०८०, १९ : ४२
सोमबार, ०४ असार २०८०

सिरहा । सिरहामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । जिल्लाको धनगढीमाई नगरपालिका ५ का ३५ वर्षीय शिव नारायण कामतको करेन्ट लागेर मृत्यु भएको हो । 

छत ढलानको क्रममा भ्याभरेटर मेसिनबाट करेन्ट लाग्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । करेन्ट लागेर घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय लहानका प्रमुख डीएसपी भोलाराज भट्टले जानकारी दिए । 

मृतक कामैत धनगढीमाई नगरपालिका ५ का वडा अध्यक्ष रामजतन कामैतका छोरा हुन् । मृतको शव पोष्ट मार्टमको लागि प्रादेशिक अस्पताल लहानमा राखिएको प्रहरीले बताएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप