सिरहामा करेन्ट लागेर एक युवकको मृत्यु
सोमबार, ०४ असार २०८०, १९ : ४२
सिरहा । सिरहामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । जिल्लाको धनगढीमाई नगरपालिका ५ का ३५ वर्षीय शिव नारायण कामतको करेन्ट लागेर मृत्यु भएको हो ।
छत ढलानको क्रममा भ्याभरेटर मेसिनबाट करेन्ट लाग्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । करेन्ट लागेर घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय लहानका प्रमुख डीएसपी भोलाराज भट्टले जानकारी दिए ।
मृतक कामैत धनगढीमाई नगरपालिका ५ का वडा अध्यक्ष रामजतन कामैतका छोरा हुन् । मृतको शव पोष्ट मार्टमको लागि प्रादेशिक अस्पताल लहानमा राखिएको प्रहरीले बताएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमन
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण