शुक्रबार, १८ जेठ २०८१
ताजा लोकप्रिय

दाङमा ५ वर्ष यता ५ हजार हेक्टरमा सिँचाइ सुविधा विस्तार

मङ्गलबार, ०५ असार २०८०, १६ : २६
मङ्गलबार, ०५ असार २०८०

दाङ । तुुलसीपुर उपमहानगरपालिका वडा नंं १८, दुुधरास निवासी विजय डाँगीलाई हिउँदमा मात्र होइन, बर्खामा पनि खेतीका लागि संकट हुन्थ्यो । वर्षा भएपछि धान रोप्ने, सिँचाइका लागि आकाशे पानी नै कुर्नुपर्ने, समयमा वर्षा नहुँदा धान सुकेर जाने समस्याबाट पीडित हुन्थे उनी । तर केही वर्ष यता उनलाई खेतीका लागि मौसम र सिँचाइका लागि आकाशे पानीको भर पर्नुपरेको छैन ।

सिँचाइका लागि जब गाउँमै कृत्रिम जलाशय र नहर बन्यो, धानको ब्याड राख्नका लागि आधा असारसम्म पनि आकाश हेर्नुुपर्ने बाध्यता टरेको डाँगी बताउँछन् । बर्खे बालीपछि हिउँदे बालीसमेत लगाउन थालेको उनको भनाइ छ । उनले भने, ‘दुुईचार साल भयो, बर्खामा खेतमा हलगोरु नारेर आकाश हेर्नुुपर्ने बाध्यता टरेको छ ।’

जब तीनचार गाउँको मौजा नै भ्याउने गरी गाउँमै ठूलो पोखरी र खेतखेतमा सिँचाइका लागि पानी लैजान पक्की नहर बन्यो, डाँगी र सो गाउँका अन्य किसानले सिँचाइ अभावबाट मुक्ति पाए । डाँगीले भने, ‘अहिले हिउँदे बालीका रुपमा गहुँ, चना, तरकारी लगायतका खेती हुने गरेको छ, उहिले हिउँदमा खेत बाँझै हुन्थ्यो ।’

सिँचाइ अभावका कारण खेतपाती छोडी विदेशिने निधो गरेका उनी खेतमा सिँचाइ पुुगेसँगै विदेश जाने मानसिकता त्यागेर खेतीबाटै आम्दानी लिन थालेका छन् ।

सिँचाइ सुविधा विस्तार भएसँगै उनी लगायत दाङका विभिन्न स्थानका किसानलाई पछिल्लो समय खेतीका लागि सहज भएको छ । दाङको कुल खेतीयोग्य जमिन ६५ हजार ९८० हेक्टर छ । जसमध्ये ३९ हजार १८० हेक्टरमा आंशिक र ७ हजार ११३ हेक्टरमा पूर्ण आकाशे पानीको भरमा खेती हुँदै आएको थियो ।

पाँच वर्ष यता बृहत् दाङ उपत्यका सिँचाइ आयोजनाले पाँच हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुु¥याएको छ । दाङमा अहिले हिउँदे र बर्खे खेतीका लागि सिँचाइमा धेरै राहत महसुस भएको किसान बताउँछन् ।

बृहत् दाङ उपत्यका सिँचाइ आयोजनाले दश वर्षमा दाङमा ५६ हजार हेक्टरमा सिँचाइ सुविधा पुु¥याउने गरी आर्थिक वर्ष २०७४÷०७५ देखि आयोजना निर्माण थालनी गरेसँगै ५ वर्षमा ५ हजार हेक्टरमा सिँचाइ पुु¥याइसकेको आयोजना प्रमुख विराट ज्ञवाली बताउँछन् ।

आयोजनाले हालसम्म दाङ उपत्यकाभित्र सिँचाइ सुविधा पुु¥याउन ३५ वटा ठूला कृत्रिम जलाशय, दुुई किलोमिटर पक्की नहर र ४६ वटा लिफ्ट सिँचाइ आयोजना निर्माण गरिसकेको आयोजना प्रमुख ज्ञवालीले बताए ।

उनले भने, ‘जहाँ किसान त्यहाँ सिँचाइ आयोजनाको लक्ष्य हो ।’ जसका कारण आयोजनाले कतै पक्की कुलो, कतै कृत्रिम जलाशय, कतै लिफ्ट सिँचाइ योजना निर्माण गरी दाङका खेतबारी हराभरा र किसानको मुहारमा हाँसो ल्याउन खोजेको उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गिरिराज नेपाली
गिरिराज नेपाली
लेखकबाट थप