पूर्वी नवलपरासीमा खेतमा काम गर्न गएका किसानको चट्याङ लागेर मृत्यु
बुधबार, ०६ असार २०८०, १० : २७
चितवन । नवलपरासीमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । बुधवार बिहान चट्याङ लागेर विनयी त्रिवेणी गाउँपालिका–१ भटुकेका ५७ बर्सिया छविलाल सारुको चट्याङ लागेर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक सन्तोष पाठकका अनुसार बुधबार बिहान ६ः३० बजे उनलाई चट्याङ लागेको थियो । चट्याङ लागे लागे पछि उपचारको क्रममा उनको निधन भएको हो ।
सो नगरपालिकाको गोग्दीस्थित खेतमा काम गर्न गएका श्रीमान् श्रीमती मध्ये श्रीमानलाई भने चट्याङ लागेको थियो । खेतमा चट्याङ लागेर घाइते भए पछि घर ल्याउनासाथ श्रीमान् छविलालको मृत्यु भएको पूर्वी नवलपरासी प्रहरीले जनाएको छ ।
उता, पश्चिम नवलपरासीमा पनि हिजो एक जनाको चट्याङ लागेर निधन भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मी बढेसँगै उपत्यकाका पौडी पोखरीमा बढ्यो भिडभाड, तस्बिरहरु
-
कांग्रेस कपिलवस्तुका सहसचिव अरशदले दिए राजीनामा
-
‘द लास्ट डान्स’
-
प्रधानमन्त्रीको निर्देशनअनुसार काम गरिरहेका छौँ : स्वास्थ्यमन्त्री मेहता
-
पूर्व सांसद तथा एमाले नेता गुप्ताको निधन
-
नबिल बैंकद्वारा नेपाल–भारत–नेपाल क्रस-बोर्डर पीटुपी रेमिट्यान्स सेवा सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण