आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

पूर्वी नवलपरासीमा खेतमा काम गर्न गएका किसानको चट्याङ लागेर मृत्यु

बुधबार, ०६ असार २०८०, १० : २७
बुधबार, ०६ असार २०८०

चितवन । नवलपरासीमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ ।  बुधवार बिहान चट्याङ लागेर विनयी त्रिवेणी गाउँपालिका–१ भटुकेका ५७ बर्सिया छविलाल सारुको चट्याङ लागेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक सन्तोष पाठकका अनुसार बुधबार बिहान ६ः३० बजे उनलाई चट्याङ लागेको थियो । चट्याङ लागे लागे पछि उपचारको क्रममा उनको निधन भएको हो ।  

सो नगरपालिकाको गोग्दीस्थित खेतमा काम गर्न गएका श्रीमान् श्रीमती मध्ये श्रीमानलाई भने चट्याङ लागेको थियो । खेतमा चट्याङ लागेर घाइते भए पछि घर ल्याउनासाथ श्रीमान् छविलालको मृत्यु भएको पूर्वी नवलपरासी प्रहरीले जनाएको छ ।  

उता, पश्चिम नवलपरासीमा पनि हिजो एक जनाको चट्याङ लागेर निधन भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप