बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन गर्न सरकारलाई निर्देशन

बिहीबार, ०७ असार २०८०, १६ : ३२
बिहीबार, ०७ असार २०८०

काठमाडौँ । दिगो विकास तथा सुशासन समितिले राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन गर्न सरकारलाई निर्देशन दिएको छ । 

बिहीबार बसेको दिगो विकास तथा सुशासन समितिको बैठकले राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन गर्नका सरकारलाई निर्देशन दिएको हो ।

बैठकपछि निर्देशन दिँदै समिति सभापति प्रकाश पन्थले बैठकले विपद् जोखिम न्यूनीकरण, प्रतिकार्य र पुनः निर्माण, यसको व्यवस्थापनका लागि पूर्वतयारी गर्न निर्देशन दिएको बताए ।

उनले विपद्मा जोखिममा परेका व्यक्ति र परिवारको पुनः स्थापना र पुनः निर्माण कार्यमा अझै बढी प्रभावकारी बनाउन गृह मन्त्रालयलाई निर्देशन दिँदै भने,‘दिगो विकास तथा सुशासन समितिको आजको बैठकले विपद् जोखिम न्यूनीकरण, प्रतिकार्य र पुनः निर्माण, यसको व्यवस्थापनका लागि पूर्वतयारी,जोखिममा परेका व्यक्ति र परिवारको पुनः स्थापना र पुनः निर्माण कार्यमा अझै बढी प्रभावकारी बनाउन गृह मन्त्रालयलाई निर्देशन गरेका छौँ ।’

उनले राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन गर्नका लागि पनि गृह मन्त्रालयलाई निर्देशन दिएको भन्दै पूर्वी पहाडी जिल्लामा बाढी पहिरोले क्षति पु¥याएकाले राहत, पुनः स्थापना र पुनः निर्माण कार्यमा अझै बढी प्रभावकारी बनाउनुपर्ने बताए ।

समिति सभापति पन्थले पूर्वी पहाडी जिल्लामा बाढी र पहिरोले पु¥याएको क्षतिको राहत, पुनः स्थापना र पुनः निर्माण कार्यमा अझै बढी प्रभावकारी बनाउन निर्देशन दिएको पनि बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप