विराटनगर महानगरपालिकाको बजेट ३ अर्ब २८ करोड
विराटनगर । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्षको बजेट ३ अर्ब २८ करोड ५० लाख रुपैयाँ हुने अनुमान गरेको छ ।
महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्कीद्वारा प्रस्तुत बजेट चालू आबको भन्दा झन्डै ७६ करोड कम हो । उक्त बजेटमध्ये कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रतर्फ रु. ६८ करोड, पूर्वाधार विकास क्षेत्रतर्फ रु। १ अर्ब ६५ करोड ५५ लाख ७५ हजार, आर्थिक विकास क्षेत्रतर्फ रु। ३ करोड ९६ लाख ८१ हजार, सामाजिक विकास क्षेत्रतर्फ रु. ८५ करोड २० लाख ४४ हजार मध्ये स्वास्थ्य तर्फ रु. १३ करोड ६७ लाख र शिक्षा तर्फ रु। ६७ करोड ९४ लाख, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रतर्फ रु। ३ करोड ५ लाख र वातावरण तथा विपत् व्यवस्थापन क्षेत्रतर्फ रु। २ करोड ७२ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
महानगरले आगामी वर्ष सञ्चालन हुने मुख्य आयोजनाहरूमा वडा स्तरीय आयोजनाका लागि रु. ३८ करोड, नगर स्तरीय आयोजनाका लागि रु। २० करोड, बहु वर्षीय तथा गौरवका आयोजना एवं कर्मागत योजनाको भुक्तानीका लागि रु ६५ करोड, आरयुडिपी बाट निर्माण भएका लगायतका पिच सडकहरु समेत गरी मर्मत सम्भार रु. १० करोड, सडक बत्ती तर्फ रु. १ करोड ५३ लाख ७५ हजार, अन्य पूर्वाधारतर्फ रु. २६ करोड ३७ लाख, फोहोर पानी प्रशोधन केन्द्र रु. २ करोड ६५ लाख र समपूरक कोषका लागि रु. २ करोड विनियोजन गरेको छ ।
जुन खर्चको लागि सङ्घीय सरकार अन्तर सरकारी वित्तीय हस्तान्तरण तर्फ रु. १ अर्ब १९ करोड २४ लाख र प्रदेश सरकारतर्फ रु. ४ करोड ५१ लाख ६३ हजार, बाँडफाँटबाट प्राप्त राजश्व तर्फ रु. ८० करोड २४ लाख ३७ हजार आम्दानी हुने महानगरको अनुमान छ। महानगरले आन्तरिक आय तर्फ रु. ९९ करोड ५० लाख, जनसहभागिता तर्फ रु. १० करोड, आन्तरिक ऋण तर्फ रु. १० करोड, अन्य सङ्घसंस्था तर्फ रु। ३ करोड र नगद मौज्दात बापत रु. २ करोड आय हुने अनुमान गरेको छ ।
नीति कार्यक्रम तथा बजेटको कार्यान्वयनबाट विराटनगर महानगरको आर्थिक तथा सामाजिक क्षेत्रमा उल्लेख्य नतिजा हासिल हुने उपप्रमुख निरालाको विश्वास छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे प्रष्टीकरण नदिएसम्म सदन अगाडि बढ्न सक्दैन : कांग्रेस
-
विद्यालयले सहयोग रसिद, वार्षिक सहयोगका नाममा शुल्क असुलिरहेका छन् : ज्ञानेन्द्र शाही
-
उपाधिका लागि नेपालसामु १ सय ८९ रनको लक्ष्य
-
अर्थमन्त्रीमाथि छानबिन हुनुपर्छ : ज्ञानेन्द्र शाही
-
फिलिपिन्सको भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते
-
कलाकारको नाम र स्टारडमले मात्र फिल्म चन्दैन : गौरी मल्ल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण